बिमा रकम दाबी गर्न टिपरमा आगजनी 

Written by meropradesh creator

३२ श्रावण २०८०, बिहीबार

रामेछाप । रामेछाप घर भई काठमाण्डौं बस्दै आएका दुई दाजु भाइले बिमाको रकम दाबी गर्न आफ्नै टिपरमा आगजनी गरेका छन् । उनीहरू सँगै सिन्धुलीका एक जनालाई समेत प्रहरीले प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले बिमा रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।
 पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने ३४ वर्षीय प्रदीपकुमार खत्री, सिन्धुली घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टीका थली बस्ने रँगबहादुर बुढा क्षेत्री र रामेछाप घर भई टीका थली बस्ने ३३ वर्षीय भिमलेन खत्री छन् ।
१३ महिना अगाडि प्रदीपकुमार खत्रीले बा ३ ख २८९४ नम्बरको टिपर मासिक किस्ता तिर्ने गरी १३ दाख रुपैयाँमा खरिद गरेका थिए । उनका भाइ भिमलेन खत्रीले उक्त टिपर चलाउने गर्थे । तर चार महिना अगाडि गोदावरी नगरपालिका–(१२ ठेंचोस्थित नख्खु खोला कोरिडोर सडक खण्डमा बिग्रिएर थन्किएको थियो ।
मर्मत गर्न धेरै पैसा लाग्ने भएपछि उनीहरूले टिपरमा आगो लगाएर बिमा रकम प्राप्त गर्ने योजना बनाएका थिए । योजना अनुसार साउन १२ गते राति सवा १ बजे पेट्रोल छर्केर आगो लगाएका थिए । त्यही दिन दिउँसो प्रहरी वृत्त चापागाउँमा आगो लगाउने व्यक्तिहरूको खोजी गरी कारबाही गर्न माग गर्दै प्रदीपकुमार पुगेका थिए । उनले निवेदन दिँदा बिमा रकमका लागि आवश्यक सिफारिस गर्न भनेका थिए ।
प्रहरीलाई शका लागेपछि अनुसन्धान अघि बढाउँदा बिमा रकम प्राप्तिका लागि आफ्नै टिपरमा आगजनी गरेको खुलेको हो । उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा निर्वाचनको सम्पूर्ण तयारी पूरा: भोलि मतदान हुँदै

रामेछापमा निर्वाचनको सम्पूर्ण तयारी पूरा: भोलि मतदान हुँदै

रामेछापमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वतयारीहरू सम्पन्न भएका छन्। मुख्य निर्वाचन अधिकारी नारायण लामीछानेका अनुसार मतदान केन्द्रहरूमा आवश्यक सामग्रीको व्यवस्थापन, कर्मचारी तथा सुरक्षाकर्मीहरूको परिचालन, बुथ निर्माण र सर्वदलीय समन्वय...

निर्वाचनका दिन वर्षा नहुने

निर्वाचनका दिन वर्षा नहुने

काठमाडौँ, मंसिर १५ गते ।प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन देशभर वर्षा नहुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पानी पार्ने प्रणाली सक्रिय नभएकाले भोलि (बिहीबार) कतै पनि वर्षा हुने सम्भावना छैन। विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली...

रामेछापमा कांग्रेस उम्मेदवार खड्कालाई प्रलोपाले सहयोग गर्ने सहमति

रामेछापमा कांग्रेस उम्मेदवार खड्कालाई प्रलोपाले सहयोग गर्ने सहमति

रामेछाप । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछापमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्का लाई प्रगतिशील लोकतान्त्रिक पार्टीले सहयोग गर्ने औपचारिक सहमति भएको छ । लोकतान्त्रिक शक्तिहरूबीच भएको समझदारी अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीले रामेछापमा...