रामेछाप । विहिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलका बिजेता खेलाडीहरुलाई बागमती सरकारले सम्मान गर्ने भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रन (डीएल मेथड) ले युएईलाई हराउदै नेपालले जित हात पारेको हो ।
बागमती प्रदेश सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीहरुलाई जनही एक÷एक लाख रुपैयाँ दिएर सम्मान गर्न लागिएको प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री एवम् सरकारका जगन्नाथ थपलियाले जानकारी दिए । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो ।