बीपी स्मृति दिवसमा नेपाली काँग्रेसद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न, खाँडादेवीमा सयभन्दा बढी बिरुवा रोपियो

रामेछाप — ४३ औं बी.पी. कोइराला स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले वातावरण संरक्षण र स्मृतिको सम्मान स्वरूप वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा, नेपाली काँग्रेस प्रदेश ‘ख’ को सह–आयोजना तथा खाँडादेवी गाउँपालिका वडा नम्बर ६ इकाई समितिको समन्वयमा आयोजित उक्त कार्यक्रममा एक सयभन्दा बढी काँग्रेसका नेता, कार्यकर्ता र स्थानियवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत खाँडादेवी गाउँपालिका–६ अन्तर्गतका विभिन्न क्षेत्रमा एक सय भन्दा बढी विविध जातका बिरुवा रोपिएको नेपाली काँग्रेसका सचिब दिपक खड्काले जनाएको छ ।
बीपी कोइरालाले मुलुकको लोकतान्त्रिक स्थायित्व, समाजवाद र राष्ट्रिय एकताको पक्षमा खेलेको भूमिकालाई स्मरण गर्दै काँग्रेसले उक्त कार्यक्रमलाई स्मृति दिवससँग जोडेर वातावरण मैत्री अभियानको रूपमा सञ्चालन गर्दै आएको छ । स्मृति दिवसको अवसरमा नेपाली काँग्रेसले प्रत्यक वर्ष वृक्षारोपन कार्यक्रम गर्दै आएको छ । कार्यक्रमपछि आयोजित विशेष समापन समारोह खाँडादेवी मन्दीर परिसरमा सम्पन्न भएको थियो, उक्त समारोहमा काँग्रेसका नेता तथा कार्यकर्ताहरूले बीपी कोइरालाको योगदान र विचारमाथि आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपाली काँग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकजुट भएर जिल्लाको समृद्धिका लागि लाग्न आह्वान गरे । उनले भने, “यो वर्ष के भयो सबै रामेछापका नागरिकलाई थाहा छ । आगामी आर्थिक वर्षमा रामेछापको समग्र विकासका लागि आवश्यक बजेट सुनिश्चित गर्न जुनसुकै मूल्य चुकाएर भए पनि पहल गर्नेछु।”
त्यस्तै काँग्रेस नेता झनक श्रेष्ठले बीपी कोइरालाको विचार र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै काँग्रेसका सबै तहका कार्यकर्ताले लोकतान्त्रिक मूल्य, सहिष्णुता र समाजवादको मार्गमा नडगमगाई अघि बढ्नुपर्नेमा जोड दिए । “बीपीले देखाएको बाटो संघर्षको बाटो हो, जनताको मुक्तिको बाटो हो । हामी त्यसै मार्गमा हिंड्न तयार हुनुपर्छ,” श्रेष्ठले भने।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश ‘ख’ का नेताहरू, विभिन्न पालिकाका काँग्रेस इकाइ सभापतिहरू, भातृ तथा सुभेक्छुक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, स्थानिय सामाजिक अभियन्ता, शिक्षक, युवाहरू र वरिष्ठ नागरिकहरूको पनि सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरूले रुख रोपेर मात्र नभई यसको संरक्षण र स्याहारसमेत जिम्मेवारीपूर्वक गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेपाली काँग्रेसले प्रत्येक वर्ष बीपी स्मृति दिवसका अवसरमा सामाजिक, राजनीतिक र वातावरणीय महत्वका कार्यक्रमहरू गर्दै आएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...