रामेछाप । बिद्यार्थीलाई ललाइएफकाई होटलमा लगेर बलत्कार गरेको आरोपमा २९ वर्षीय शिक्षक शम्भु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शिक्षक लामाले सुन्धाराको होटलमा लगेर चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन ।
काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित एक होटलमा ललाइफकाइ ती बालिकालाई लगेर उनले जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले बालिकालाई होटलमा दुई दिनसम्म राखेका थिए । पटक–पटक जबरजस्ती करणी गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । लामालाई हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ । लामा गोरखाको एक विद्यालयमा पढाउँथे । लामाले आफ्नै विद्यार्थीलाई काठमाडौं ल्याएर होटलमा राखेर करणी गरेको प्रहरीले जनाएको छ । लामा भाग्दै गरेको अवस्थामा बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...