बिद्यान विपरित अन्धधुन्ध सामुदायिक वन फडानी

Written by meropradesh creator

१७ मंसिर २०७७, बुधबार

मसिर १७ रामेछाप ।

    जिल्लाको दोरम्वा गाउँपालिका वडा नं२ दोरम्वाको काकलिङ्ग सामुदायिक वन अन्धाधुन्ध तरिकाले फडानी गरेर काठ यत्रतत्र छाडिएको छ ।

    सामुदायिक वनको विधान र निती विपरित स्थानिय काकलिङ्ग सामुदायिक वनमा रहेको सल्लो प्रजातीको २ सय ३२ वटा ठाडो रुख कटान गरिएको हो । सामुदायिक वनको काठ कटान गर्दा विधान अनुसार डिभिजन वन कार्यालयसँग अनुमति लिएर मात्र रुख कटान गर्न पाउने कानुनी प्रावधान रहेको छ ।

    पुन नविकरणीय उर्जा तथा क्षमता विस्तार आयोजना रत्नपार्क (काठमाण्डांै) ले मन्थली नगरपापलिका वडा नं.१३ फुलासीको मिल्ती वेसी देखी दोरम्वा गाउँपालिका वडा नं२ दोरम्वाको सम्म ३३ केभी लाइन विस्तारको क्रममा नियम विपरित सामुदायिक वन यत्रतत्र रुपमा फडानी गरेको हो ।

    लाइन विस्तारको क्रममा अन्यत्र स्थानवाट तार लैजाने ठाउँ प्रस्तत हुँदाहुँदै पनि सामुदायिक वनका पदाधिकारीहरुसँगको मिलोमतोमा सामुदायिक वनवाट लिखित रुपमा स्विकृत नै नलिई वन फडानी गरिएको हो । सामुदायिक वनको निति र नियम मिलेको छैन् । सामुदायिक वनको विधानले वन फडानी गर्न मिल्दैन । सवै सामुदायिक वनका पदाधिकारी र स्थानिय राजनितिक दलका प्रतिनिधिहरुको मौखिक सहमतीको आधारमा वन फडानी गर्न दिएको काकलिङ्ग सामुदायिक वनका अध्यक्ष गोविन्द लामाले जानकारी दिए ।

    उनले भनेहुनत काठ कटान गर्नु समुहको निति र विधान विपरित छ । सबै पदाधिकारीहरुले रुख कटान गर्न नदिएमा मन्त्री, सासंदले समेत गाली गर्छन् । कटान गर्न दिऔं भनेर मौखिक सहमती दिए । गाउँका भद्रभलादमीहरुले समेत कटान गर्न दिए हुन्छ भने । म कटान गर्न दिने की नदिने भन्ने दोधारमा म अध्यक्ष मात्रै परेकाले मैले पनि छोडिदिएको अध्यक्ष लामा बताउँछन् ।

    दोरम्वाको नमुना काकलिङ्ग सामुदायिक वन कटानको विषयमा स्थानिय कुनै पनि उपभोक्ताहरुलाई जानकारी नै नभएको स्थानिय केशवकुमार लामाले जानकारी दिए । उनले भनेविद्युतको लाइन विस्तार गर्न कुनै पनि उपभोक्ताहरुबाट विरोध भएको छैन् । हामी विकासको विरोधी हैनौ । तर विद्युत लाइन लैजानै ठाउँहरु प्रसस्तै हुँदाहुँदै पनि सामुदायिक वनका रुख कटान गर्नु गैरजिम्वेवारी कुरा हो । समितिका पदाधिकारीहरुलाई हदैसम्म कानुन अनुसारको कारवाही गर्नुपर्ने लामाको तर्क छ ।

    दोरम्वामा निमार्ण भएको शान्तिपार्क भित्र काटिएका रुखहरु लड्दा शान्तिपार्कको सबै घेरावारमा क्षती पुगेको छ । २०६० साल साउनको अन्तिम सातामा तत्कालीन शाहि नेपाली सेनाको सयुक्त टोलीले दोरम्वामा २१ जना तत्कालिन माओवादी कार्यकर्ताहरुको हत्या गरेको थियो । द्धन्द भएको उक्त स्थानमा नागरिकहरु त्रसित भएर बस्नुपर्ने भएको भन्दै त्यस ठाउँमा शान्ति मन्त्रालय मार्फत करिव ३ करोडको लागतमा उक्त स्थानमा शान्तिपार्कको काम अघि वढाएको थियो ।

    शान्तिपार्कको निमार्णको काम अझै सकिएको छ । निमार्णाधिन उक्त पार्कको उत्तरी क्षेत्रतर्फको सवै घेरावार रुख कटान गर्दा सबै भत्किएको छ । सामुदायिक वनमा भएका यत्रो धेरै रुखहरु कटान हुँदा समेत वनका पदाधिकारीहरु चुप लागेर वस्नुमा पदाधिकारीहरुको समेत मिलेमतो हुनुपर्ने स्थानिय मिनवहादुर तामाङ्गले वताए । उनले भनेरुख कटान हुँदा समेत समितिका पदाधिकारीहरु चुप लाग्नु भनेको उनीहरुको समेत यसमा मिलेमतो देखिन्छ ।

    सामुदायिक वनमा काठ काटेको विषयमा डिभिजन वन कार्यालयमा लिखित रुपमा उजुरी परेको डिभिजन वन कार्यालय रामेछापका डिभिजन वन अधिकृत कृष्णराज न्यौपानेले जानकारी दिए । उनले भनेहामीलाई काठ काटेको विषयमा जानकारी आउँना साथ कार्यालयवाट रेन्जरको नेतृत्वमा कर्मचारी फिल्डमा पठाएर मुचुल्का उठाइसकेका छौ । कर्मचारीले दिएको प्रतिवेदनको आधारमा काकलिङ्ग सामुदायिक वनलाई आवश्यक कारवाहीको लागि पत्राचार गरेका छौं ।

    यदी उक्त सामुायिक वनले आवश्यक कारवाही गर्न नसकेको खण्डमा हामीलाई पत्र लेखेर दिएमा पुन नविकरणीय उर्जा तथा क्षमता विस्तार आयोजनालाई डिभिजन वन कार्यालयले आवश्यक कानुन अनुसारको कानुनी कारवाहीको प्रक्रिया अघि वढाइने डिभिजन प्रमुख न्यौपानले वताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ, जेठ ३०बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासे डाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ...

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

रामेछाप, जेठ ३० रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा कुरनथलीमा बिहीबार बिहान भएको आगलागीमा एक गोठ पूर्ण रूपमा जलेको छ। आगलागीमा परेर गोठमा रहेका ७ वटा बाख्रा जलेर मरेका छन् भने एक माउ भैँसी र एक राँगो घाइते भएका छन्। स्थानीय ५३ वर्षीय कान्छाराम योञ्जनको गोठमा...

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछाप, जेठ २९ – पछिल्ला ६ वर्षमा वैदेशिक रोजगारीका क्रममा ३१ जना रामेछापवासीले विदेशमै ज्यान गुमाएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै ९ जनाको मृत्यु भएको हो। सामी कार्यक्रमका संयोजक दीपक कुमार केसीका अनुसार, आर्थिक...