बिभिन्न स्थानमा सवारी दुर्घटनामा परि रामेछापमा २२ जनाको मृत्यु

Written by meropradesh creator

१ श्रावण २०७९, आईतवार

रामेछाप । रामेछापमा आर्थिक वर्ष ०७८/०७९ मा बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । जिल्ला भर भएको ३३ दुर्घटनामा परी २२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले शनिबार सदरमुकाम मन्थलीमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरि एक बर्षको विचमा भए गरेका प्रगति तथा विभिन्न आपराधिक घटना विवरण र तिनका न्युनिकरणका लागि प्रहरिले गरेको प्रयासका बारेमा जिल्ला प्रहरि प्रमुख डिएसपी राजकुमार थिङले आफनो प्रस्तुति मार्फत जानकारी गराएका थिए ।
सो अवसरमा रामेछापमा ३३ स्थानमा भएको सवारी दुर्घटनामा परी २२ जना नागरिकले ज्यान गुमाएको जानकारी दिए । प्रहरी नायव उपरिक्षक थिङले एक वर्षको अवधिमा जिल्लाभरमा भएको दुर्घटनामा ९८ जना घाइते भएको र असारमा मात्र एकै सवारी दुर्घटना १३ जनाले ज्यान गुमाएको जानकारी पनि गराए ।
कार्यक्रमको अवसरमा डिएसपी थिङले जिल्ला प्रहरी कार्यालय रामेछाप जनशक्तिको अभाबमा पनि नागरिकको गुनासो सम्बोधन गरिरहेको बताए । जनशक्ति कमि भएका कारण रामेछाप प्रहरिले ६१ प्रतिशत जनशक्तिका भरमा मात्र काम चलाउँदै आएको छ । तालुकदार कार्यालयले जिल्लबाट पटक पटकको गुनासो सम्बोधन नभएपछि जिल्लाले कुल संख्याको ६१ प्रतिशत जनशक्तिका भरमा आफनो काममा सफलता हासिल गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
रमा प्रमुख थिङले सबै बस्तुगत तथ्याँक प्रस्तुत गर्दे आफु संग थोरै जनशक्ति भएको भएपनि भरसक उक्त जनशक्तिलाई नागरीक — प्रहरी मैत्री बनाउने प्रयास गरिएको जानकारी पनि गराए । सिमित जनशक्ति र स्रोत सधनको बाबजुद पनि आफुले प्रहरि शक्तिलाई शान्ति सुरक्षा र अमन चयनका लागि अहोरात्र परिचालन गरिएको जानकारी पनि गराए ।
सो क्रममा उनले जिल्ला भरका विभिन्न ३४ वटा ईकाई मार्फत प्रहरिले सेवा प्रबाह गरि रहेको जानकारी पनि गराए । जिल्ला प्रहरि कार्यालयमा हाल ४ सय ५६ वटा दरबन्दि रहेको र दरबन्दि अनुसार पदपुर्ति नहुँदा काम तामेलिमा भने निकै कठिन भएको जानकारी पनि प्रहरी प्रमुखले गराए ।
यसरी ६१ प्रतशत मात्र जनशक्तिका भरमा काम गर्नु पर्दा प्रहरीका सामु चुनौतिका चाङ्ग रहेको भएपनि नागरिक समाज संगको सहकार्यमा प्रहरिले कष्टका साथ काम गर्दे आएको जानकारी पनि उनले कार्यक्रमका अबसरमा गराए ।
त्यसैगरि उनले चालु आबमा ४५ जनाले आत्मा हत्या गरेका र आत्मा हत्या गर्नेमा ४० वर्ष मुनिका मात्र २८ जना रहेको तथ्याँक पनि पेश गरे । आत्महत्या गर्ने ह?मा १८ वर्ष मुनिका ७ जना, १९–२५ उमेर समुहका १२ जना, २६–४० का ९ जना, ४१ – ६५ उमेर समुहका १२ जना र ६६ भन्दा माथि उमेर समहका ५ जनाले आत्महत्या गरेका छन् । आत्माहत्या गर्नेह?मा बालिका १, बालक ३, महिला २१ र २० पु?ष रहेका छन् ।
४५ आत्माहत्या मध्ये ३८ वटा आत्महत्याको कारण खुल्न सकेको छैन । कारण खुलेका ७ वटा मध्ये घरझगडाका कारण ३ ,प्रेममा असफलता १, घरायसी समस्या १,मादक पदार्थ सेवन १ र १ जना अन्धविश्वासका कारणबाट आत्महत्या गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक थिङ्ले जानकारी दिए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी को अध्यक्षतामा भएकोे उक्त कार्यक्रमका सहभागिह?ले प्रहरी नागरिकको संबन्ध नङ र मासुको जस्तै हुनु पर्नै भन्दै प्रहरिले सिमित जनशक्तिका बावजुद पनि जिल्लाको शान्ति सुरक्षा र अमन चैनमा पुर्याएको योगदानको प्रशंसा पनि गरे ।
सहभागि नागरिक अगुुवा ह?ले प्रहरि गस्ति लाई अ? प्रभाबकारी बनाउनु पर्ने र यस खालको अन्र्तक्रियालाई पालिका संगको सहकार्यमा गाउँ गाउँ सम्म पुर्याउनु पर्ने,यौन हिंसा र बालवालीकाको बट्दो दुब्र्यसन न्युनिकरणका लागि प्रहरी ,स्थानिय सरकार र विद्यालय लाई अ? सक्रिय बनाउनु पर्ने लगायतका दर्जन जति सुझाब दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले अध्यक्षताको आसन बाट बोल्दै सिमित जन शक्ति र साधनका विच पनि प्रहरीले शान्ति सुरक्षाको क्षेत्रमा थुप्रै काम गरेको भन्दै उसको कामको सह्ना गरे । उनले प्रहरी र नागरिक मैत्री सम्बन्धले मात्र शुसासनमा टेवा पुग्ने भन्दै यसका लागि सहयोग गर्न पनि सबै पक्ष संग आग्रह गरे ।
उक्त कार्यक्रममा प्रमुख अतिकिो ?पमा बोल्दै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले नागरिकको सुरक्षाको लागि खटिएको प्रहरिको मनोवल उचो बनाउन सबै पक्षको सहयोग आबश्यक पर्नै भन्दै यसका लागि नगरपालिका पनि सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...