रामेछाप, । जिल्ला सदरमुकाम मन्थलीमा बिभिन्न साँस्कृतिक कार्यक्रम गरी तिज उत्सव कार्यक्रम सम्पन्न गरेको छ । मगर महिला संघ रामेछाप र रामेछाप सांस्कृतिक कलाकार समाज मन्थली नगरको संयुक्त आयोजनामा शनिवार मन्थीमा तिज उत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अबसरमा राष्ट्रियस्तरका कलाकार र सिन्धुली कलाघरका कलाकारहरु,को साथमा स्थानीयस्तका कलाकारहरुले बिभिन्न खालका चेतनामुलक नाटक, गित, नृत्य तथा प्रहसनहरु प्रदर्शन गरेका थिए ।
महिला मगर संघ रामेछापकी अध्यक्ष तारा रैका मगरको अध्यक्षता एबं मन्थली नगरपालिकाकी उप–प्रमुख इश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमममा ७ वटै स्थानीय तहका उप्र–मुखहरुलाई सम्मान गर्ने तयारी गरिएपनि रामेछाप, मन्थली र गोकुलगंगा गाउपालिकाकी उप प्रमुखले मात्र सम्मान पत्र ग्रहण गरेका थिए भने अरु ५ जना उपाध्यक्षहरुको भने उपस्थित थिएन ।