रामेछाप । बि पि राजमार्ग अन्तर्गत मंगलटार तीमाल –भकुण्डेबेसी–काठमाडौँ सडक सञ्चालनमा आएको सामाजिक सञ्जालहरूमा सूचना आए पनि कुनै पनि बाटोहरू सञ्चालनमा नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिवार एक सूचना जारी गर्दै बि.पी. राजमार्ग अन्तरगत वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु भएको छैन । भ्याकुरे खोलाले कल भट बगाइ रोशी गाउँपालिका वडा नं. ११ डम्फु पार्क तथा वडा नं. ९ मंगलटार स्थितमा अलपत्र अवस्थामा रहेका चालक÷सहचालक, ५०० भन्दा बढी सवारी साधनहरूलाई मंगलटारबाट रोशी खोला पार गरी तेमाल गापा वडा नं. ७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायण स्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग सुचारु गर्न निरन्तर प्रयास भइरहेको छ । सो वैकल्पिक रुट खुल्ना साथ तत्काल जानकारी गराइने छ । साथै मंगलटारबाट सिन्धुलीको सिमानासम्मको करिब ७ किमि बाटो सञ्चालन गर्न प्रयासरत रहेको भएता पनि केही दिन लाग्न सक्ने देखिन्छ । हाल काभ्रे स्थित बि.पी. राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ । सूचनामा भनिएको छ ।
ट्राफिक प्रहरी कार्यालय काभ्रे भन्ज्याङका प्रमुख रामेश्वर पाण्डेका अनुसार रोशी गाउँपालिका वडा नं. ११ डम्फु पार्क तथा वडा नं. ९ मंगलटार स्थितमा अलपत्र अवस्थामा रहेका सवारी साधन पनि तेमाल डाँडामा तन्किएको छ । केही सवारी साधन उक्त बाटो हुँदै भकुन्डे पास भएको भए पनि पुन बाटो बन्द भएको र सो स्थानमा सवारी साधन फसेको जानकारी दिएका छन् ।