भवन रेक्ट्रोफिट सँगै मन्थली माविमा थपियो नौ वटा भवन 

१३ बैशाख २०८१, बिहीबार

 रामेछाप १२ वैशाख । गुणस्तरीय र व्यवहारिक  शिक्षाको बृहत्तर विकासमा लागेको रामेछापको जिल्ला सदरमुकाम मन्थलीको मन्थली माविले बुधवार बाट भवन सँगै कक्षा कोठाको समस्याबाट मुक्ति पाएको छ । खानी निर्माण जेभीले विद्यालयका नौ वटा भवनका ७४ कक्षा कोठाको रेक्ट्रोफिट(प्रबलीकरण)  गरी बुधवार वाट भवन हस्तान्तरण गरे सँगै विद्यालयले कक्षा कोठाका लागि  बर्सेनि भोग्दै आएको उक्त समस्या बाट मुक्ति पाएको हो । निर्माण कम्पनीले भवन सँग  शौचालय, कम्पाउन्डवाल, खेल मैदान लगायतका काम सम्पन्न गरी नेपाल सरकार शिक्षा विकास इकाई रामेछाप मार्फत मन्थली नगरपालिकालाई ती भवनको साँचो हस्तान्तरण गरेको हो ।

उक्त भवनको साँचो  मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद सुवेदी र विद्यालयका प्राचार्य टंक प्रसाद दाहाललाई सामूहिक रूपमा हस्तान्तरण गरेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले विद्यालय व्यवस्थापन समिति शिक्षक र अविभावकहरु बिचको त्रिकोणात्मक सम्बन्धले मात्र शिक्षाको गुणस्तरमा सुधार हुने भन्दै यसका लागि मन्थली माविले धेरै काम गर्न बाँकी रहेको बताए । 

सो क्रममा उनले जिल्ला सदरमुकाम मन्थलीमा रहेको नाताले पनि मन्थली मावि सँग जिल्लाका अन्य विद्यालयको तुलनामा गुणात्मक शिक्षा सँगै रचनात्मक काममा पनि नमुना बनेर देखाउनु पर्ने चुनौती रहेको बताए ।

उनले त्यसका लागि   शिक्षकको ध्यान शिक्षा गुणस्तर सुधारमा नै केन्द्रित हुनुपर्ने भन्दै विद्यार्थीको भविष्य बरबाद गर्ने अधिकार शिक्षकहरू सँग नरहेको धारणा पनि व्यक्त गरे । उनले यसका लागि नगरपालिकाले सदैव विद्यालय र शिक्षकहरू सँग वाच डगको भूमिकामा रहने पनि स्पष्ट पारे ।  

सो अवसरमा विद्यालयका प्रधानाध्यापक टङ्कप्रसाद दाहालले भवनको हस्तान्तरण सँगै विद्यालयले वर्षा देखि भोग्दै आएको कक्षा कोठाको समस्याले मुक्त पाउने विश्वास गरे । उनले भवन शौचालय र कम्पाउन्ड वाल लगायतको  संरचना बनेसँगै विद्यालयले आफ्नो  ध्यान शिक्षाको   विकासमा केन्द्रित गर्नु पर्ने भन्दै त्यसका लागि विद्यालयले  योजना बनाएर काम गर्ने  पनि बताए । उनले  गुणस्तरीय शिक्षा दिन नसक्ने हो भने मन्थली माविले पनि  विद्यार्थी थेग्न नसकिने अवस्था आउने भन्दै त्यस तर्फ विद्यालयको ध्यानाकर्षण भइसकेको पनि प्राचार्य  दाहालको भनाइ थियो  । 

भवनको उद्घाटन तथा साँचो हस्तान्तरणका क्रममा खानी निर्माण कम्पनीका प्रतिनिधि रामबाबु घिमिरेले प्राविधिक रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिक हरूबाट समेत गुणस्तरीयता प्रमाणित भइसकेको रेक्ट्रोफिट(प्रबलीकरण) गरिएको सबै  ’भवन पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराए । सो अवसरमा उनले सो क्रममा कम्पनीले गुणस्तरीय काम गरेको दाबी गर्दे यसका लागि विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारले पुर्‍याएको योगदान र सहयोग प्रति कम्पनीको तर्फ बाट धन्यवाद पनि दिए  ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका पूर्वप्रमुख रमेश बस्नेत  लगायतका वक्ताहरूले पनि आफ्नो धारणा राखेका थिए । सो क्रममा बोल्ने सबैले विद्यालयको भौतिक संरचना निर्माण सँगै विद्यालयले  शिक्षाको गुणस्तरमा अझै  सुधार गर्नु पर्नै भन्दै यसको आवश्यक तयारीमा लाग्न पनि विद्यालय व्यवस्थापन समितिलाई सुझाएका थिए । सो क्रममा  उनीहरूले मन्थली माविले विपन्नका छोरा छोरीहरूका लागि पनि निःशुल्क र सहज रूपमा विद्यालयमा पढ्ने वातावरण सृजना गर्न पनि आग्रह गरेका थिए   । 

एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षासँग ९ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले थप काम समेत करिब १२ करोड रुपैयाँको लागतमा काम गरेको भए पनि उक्त भवनको अन्तिम मूल्याङ्कनको प्रतिवेदन भने आउन वाँकीनै रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो  

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...