भवन पुनर्निमार्ण नहुँदा चिज उत्पादनमा समस्या

Written by meropradesh creator

२४ माघ २०७७, शनिबार

रामेछाप । जिल्लाको गुम्देल गाविसमा रहेको चिज उत्पादन केन्द्र थोदुङ्गको भवन भूकम्पले भत्काएपछि पुननिर्माण हुन नसक्दा चिज उत्पादनमा समस्या भएको छ ।
जिल्लाकै जेठो र सरकारी स्वामित्वमा रहेको चिज उत्पादन केन्द्रको भवन भत्किएपछि उत्पादन भएको चिज भण्डारण गर्न र कृषकले ल्याउने दूध राख्न समेत समस्या भएको कर्मचारीको भनाई छ । चिज उत्पादन र भण्डारणको समस्या मात्रै हैन भवन नहुँदा कर्मचारीको दैनिकी पनि कष्टकर बनेको छ । सो ठाउँमा वर्षैभरी चिसो हुने र फागुन चैत्रसम्म हिँउ पर्ने भएकाले जस्ताको टहरामुनी बस्दा सारै कष्ट भएको चिज उत्पादन केन्द्रका कर्मचारी जितबहादुर जिरेलले वताए ।
उनले भने– भवनको अभावमा चिज कारखानामा प्रयोग हुने सामाग्रीहरु समेत बाहिरै खुल्ला चौरमा राख्ने गरिएको छ । चिज बनउने मेशिन बाहेक सबै सामाग्री खुल्ला चौरमै राखिएको छ । दुग्ध संस्थान केन्द्र लैनचौरमा पटक–पटक आफ्नो समस्याको बारेमा जानकारी गराउँदा पनि सुनुवाई नभएको कर्मचारी जिरेलले गुनासो गरे । कार्यालयको नियम अनुसार काम गर्न समय लाग्ने भन्दै केन्द्रले आलटाल गरेको कर्मचारीले गुनासो गरे ।
वि.स.२०१५ सालमा स्थापना भएको थोदुङ्ग चिज उत्पादन केन्द्र रामेछापको एकमात्र सरकारी स्वामित्वमा रहेको चिज उत्पादन केन्द्र हो । सो केन्द्रमा अहिले २२ चौरी गोठबाट दूध आउने गरेको छ । दूध कृषकलाई समयमै पेस्कि रकम दिन नसक्दा केही कृषकहरु निजी चिज उत्पादन केन्द्रमा गएको कर्मचारीले बताए । गुम्देलको अधिकांस शेर्पा समुदायले चौरीको दूध बेचेर जीविकोपार्जन गर्दै आएका छन् ।


चौरी दूध ब्यवसायिहरुले वर्षमा २ लाख ५० हजार रुपैयाँसम्म नाफा कमाउने गरेको चोरी पालक आङ्गफुर्वा शेर्पाले वताए । विगतका वर्षहरुमा जेष्ठ महिनाबाट चिज उत्पादन गर्न सुरु हुने गरेको भए पनि पछिल्ला वर्षहरुमा चौरी छिट्टै ब्याउँन थालेपछि चैत्रदेखि असोज महिनासम्मलाई चिज उत्पादनको मौसमी महिनाको रुपमा लिने गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...