भवन नहुँदा ट्राफिक प्रहरीलाई काम गर्न समस्या

Written by meropradesh creator

१४ चैत्र २०७७, शनिबार

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन नहुँदा कार्यालयको काम कारबाहीमा समस्या उत्पन्न भएको छ ।
मन्थली नगरपालिकाको कार्यालयले जिल्ला ट्राफिक प्रहरीको नाममा मन्थली नगरपालिका वडा नं–१ ट्राफिक विटमा १ रोपनी ३ आना ३ पैसा जग्गा प्रदान गरेको छ । ट्राफिक प्रहरीको नाममा जग्गा नगरपालिकाले दिएता पनि रकम अभावको कारण उक्त जग्गामा भवन निमार्ण हुन नसक्दा कार्यालयको दैनिक काममा धेरै समस्या झेल्नु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जानकारी  दिए ।
उनले भने– कार्यालयको नाममा जग्गा भएमा भवन निमार्णको लागि आवश्यक पहल गर्ने विश्वास बागमती प्रदेश सरकारले गरेपछि मन्थली नगरपालिकासँग सहकार्य गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयको नाममा जग्गा ल्यायौं । जग्गा प्राप्ती पछि भवनको डिपीआर र नक्सा समेत निमार्ण गरेर आवश्यक वजेटको लागी प्रदेश सरकारसँग माग गर्दा आवश्यक वजेट प्राप्न नहुँदा भवन निमार्ण हुन नसकेको ट्राफिक प्रमुख पाण्डेले बताए ।


आफ्नै भवन नहुँदा नगरपालिकाले दिएको जग्गामा एउटा ट्रस निमार्ण गरेर एक कोठा निकालेर धेरै दुःखका साथ कार्यालय सञ्चालन गर्दै आएको ट्राफिक प्रहरीले बस्नको लागि व्यक्तिको घर भाडामा लिएर काम चलाउँदै आएको छ । विभिन्न समयमा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा नियम विपरित संचालन भएका सवारीसाधनहरु, चोरीका सवारीसाधनहरु समात्दा राख्ने ठाउँ नहुँदा समस्या झेल्दै आएको छ ।
चेकजाँचको क्रममा समातिएका सवारीसाधनहरु अहिले भइरहेको ट्राफिक विटवाट करिव १ सय मिटर उत्तरमा पर्ने आकाशेको हवाई मैदानमा लगेर राख्नुपर्ने अवस्था रहेको छ । आफ्नै जग्गामा सुविधासम्मपन्न भवन निमार्ण भए चेकजाँचको क्रममा समातिएका सवारीसाधनहरु राख्न, कार्यालय सञ्चालन गर्न र क्वाटर समेतलाई सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पाण्डेले जानकारी दिए ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गएको साउन महिना यता ८ महिनाको अवधिमा १० हजार ९ सय सवारीसाधनलाई कारवाही गरेवापत १ करोड ८ लाख ३८ हजार ५ सय राजश्व रकम संकलन भएको छ । त्यस्तै नियम विपरित सवारीसाधन सञ्चालन गर्नेलाई प्रहरीले चेकजाँच गर्दा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर उम्कन खोज्ने २३ जनालाई नियन्त्रणमा लिइ आवश्यक कारवाही गरेर छाडिएको पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै स्थानीय तहहरूलाई आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न र अतिक्रमित भूमि खाली गराउन निर्देशन दिएको छ। प्रशासनले जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकालाई पत्राचार गर्दै सार्वजनिक सम्पत्तिको...

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

 रामेछाप । बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा अहिले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।  काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय...

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

काठमाडौंका सुकुम्बासी बस्तीमा भएका दुई आत्महत्याका घटनालाई लिएर 'जेनजी मुभमेन्ट नेपाल' ले प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिनको माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ। बल्खु र थापाथली बस्तीमा भएका ती आत्महत्याका घटना सरकारको...