रामेछाप । विनाशकारी भुकम्पले २०७२ वैशाख १२ गते धरहरा ढल्दा धरहराको टुप्पोबाट धरहरा संगै झरेकी रामेछापकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेको छ । छ बर्ष अघि गएको विनाशकारी भुकम्पले धरहरा ढल्दा पनि बाँच्न सफल भएको भन्दै श्रेष्ठलाई प्रधानमन्त्री शर्मा ओलीले सम्मान गरेको हो । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा श्रेष्ठलाई सम्मान गरिएको हो ।
२०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् । धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९ सय बढीको ज्यान गएको थियो भने कयौं भौतिक संरचना नष्ट भएको थियो ।