रामेछाप । राष्ट्रिय भुकम्प सुरक्षा दिवशको अवसर पारेर शसस्त्र प्रहरी बल मन्थली बेश क्याम्पले रामेछाप जिल्लामा विभिन्न सचेतना मुलक कार्यक्रम संचालन गरेको छ ।
२२ औं भुकम्प सुरक्षा दिवशका अवसरमा शसस्त्र प्रहरीले मन्थलीको शहिद स्मृति बहुमुखी क्याम्पसका छात्रछात्रालाई भुकम्पबाट जोगिने उपायका बारेमा अन्तरक्रिया गरेको छ । शसस्त्र प्रहरी वेस क्याम्प मन्थलीका प्रमुख प्रहरी नायव उपरिक्षक केशवराज प्याकुरेलले क्याम्पसका विद्यार्थीहरु विच भुकम्पबाट जोगिने उपाय, भुकम्प गएपछिको उद्धार एवं राहत वितरण लगायतका कुराहरुमा छलफल तथा अन्तरक्रिया गरिएको बताए ।
कार्यक्रममा क्याम्पसका स्नातक तहका मानबिकी, शिक्षा तथा व्यबस्थापन समुहका विद्यार्थीहरुको सहभागिता रहेको मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका उप–प्राध्यापक भरत श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुले उक्त कार्यक्रममा भुकम्पबाट जोखिने उपाय तथा त्यसपछिको उद्धार र राहत वितरण लगायतका कुराहरुमा जिज्ञासा राखेका थिए । कार्यक्रममा शसस्त्र प्रहरी वल मन्थली बेश क्याम्पका प्रनाउ प्याकुरेलले भुकम्प सुरक्षा सम्बन्धि विभिन्न प्रस्तुतिकरणहरु गरेका थिए । यस अगाडि पनि शसस्त्र प्रहरीले मन्थली माविका विद्यार्थीहरुलाई भुकम्प सुरक्षा सम्बन्धि विभिन्न कुराहरुमा छलफल गराएको थियो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...