भटौलीका ४५जना बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण

Written by meropradesh creator

३ फाल्गुन २०७७, सोमबार

रामेछाप । मन्थली नगरपालिका वार्ड नं ७, भटौलीकोमा रहेको नबदुर्गा प्राथमिक बिद्यालयमा अध्यनरत ४५ छात्र छात्राहरुलाई शुभेच्छुक हातहरु नामक सस्थाले न्यानो कपडा बितरण गरेको छ । दलितहरुको बाहुल्यता रहेको बिद्यालयमा सुर्यबिनायक, भक्तपुरमा रहेको उक्त सस्थाले न्यानो कपडा बितरण गरेको हो ।
न्यानो कपडा बितरण कार्यक्रममा संस्थाका कोषाध्यक्ष दिपक पौडेलले बिद्यालय लगाएत अन्य क्षेत्रमा नियमित समस्यामा परेकाहरुका लागि सहयोग गरिरहेको जानकारी गराउदै सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सके अप्ठ्यारोमा परेका ब्यतmी तथा संस्थाहरुलाई ठूलो सहयोग पुग्ने बताए । सहयोग गर्न धन होईन मन चाहिने बताउदै सस्थाले गरेको सानो सहयोगलाई ठुलो मनले स्वीकार्ने बिद्यालय, सम्पुर्ण बिद्यार्थीहरु तथा अबिभाबकहरुलाई धन्यबाद समेत दिए ।
सस्थाका अध्यक्ष खडानन्द (कृण्ण)घोरसाईनीले आगामी दिनमा पनि नियमित सहयोगको वाताबरण बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । कुनै पनि बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुले अध्यन सामाग्रीको अभाबमा बिद्यार्थीहरुको पठनपाठन प्रभाबित हुन नदिन सबैले चासो तथा चिन्ता लिनुपर्ने बताए ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष छत्र बहादुर मुग्रातीले सहयोगी मन र सहयोग लिएर बिद्यालय आएकोमा शूभेच्छुक हातहरु प्रति आभार प्रकट गर्दे यस्ता खालका सहयोगले बिद्यार्थीहरुको बिद्यालयमा उपस्थिती नियमित हुन सहयोग पुगेको बताए । कार्यक्रममा मन्थली नगरपालिका वडा नं ७ का दलित वडा सदस्य पबित्रा सार्कीको पनि उपस्थिती थियो भने कार्यक्रम बिद्यालयका प्रधानाध्यापक दुर्गा कुमारी श्रेष्ठले संचालन गरेकी थिईन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...