रामेछाप । जिल्ला सदरमुकाम मन्थली नजिक निर्माणाधीन भटौली जोड्ने ठेडिखोला पुल निर्माणकै क्रममा भाँचिएको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर र वडा नम्बर ७ भटौली जोड्ने पक्की पुल निर्माणाधीन अवस्थामै भाँचिएको हो । पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको थियो ।
कालिका – कल्पवृक्ष ÷जेभीले २२ करोड ५५ लाख ४० हजारमा ठेक्का पारी पुल निर्माणको काम गरिरहेको थियो । पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको भए पनि उक्त पुल निर्माण सम्पन्न नहुँदै भाँचिएको छ ।

मन्थली नगरपालिका ७ को ठेडिखोला र वडा नम्बर ६ को कुनाउरी जोड्ने तामाकोसी नदी माथि निर्माणाधीन उक्त पुल कालिका कल्पवृक्ष जेभी ले निर्माण गरिरहेको हो । २०७७÷७८ मा सडक विभागको पुल शाखाले ठेक्का लगाएको उक्त पुल डिजाइन एन्ड विल्ड प्रकृतिको हो ।