भ्रष्टचारको आरोपमा मेयर निलम्बित

Written by meropradesh creator

१ आश्विन २०७८, शुक्रबार

रामेछाप । व्यापक अनियमितता भएको आरोपमा सिरहाको कल्याणपुर नगरपालिकाकाका मेयर सूर्यनाथ मण्डललाई निलम्बित गरेको छ । केहि समय अगाडि नगरपालिकाका तत्कालीन मेयर सूर्यनाथ मण्डलको छोरा सन्तोष मण्डललाई ५ लाख नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धन कार्यालयको टोलीले पक्राउ गरेको थियो । सो काण्डमा मेयर मण्डलको संलग्नता देखिएपछि उनीविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि मेयर मण्डल निलम्बनमा परेका हुन । उनको मुद्दा विशेष अदालतमा चलिरहेको छ । स्थानिय युबाहरु नगरपालिकामा व्यापक अनियमितता भएको र बिभिन्न विकास निर्माणको काममा भएको प्रगति र गरिएको लगानीका बारेमा सूचना माग गर्दा समेत सूचना नदिएको युवाहरुको आरोप छ । नगर सभाबाट पारित भएका निर्णयहरु समेत सार्वजनिक नगरेको भन्दै स्थानीय युवाहरु नगरपालिकाविरूद्ध आन्दोलित बनेको छन् ।
नगरपालिकाको कार्यालयमा व्यापक अनियमितता भएको आरोप लगाउँदै स्थानीय युवाहरुले कार्यालयमा तालाबन्दी समेत गरेको छ । छ बुँदे मागहरु राख्दै कल्याणपुर नगरपालिकाका स्थानीय युवाहरुले नगरपालिकाको कार्यालय भवनमा विहीवार तालाबन्दी गरेका हुन् । अहिले नगर उपप्रमुख रोहिणी यादवले मेयरको कार्यभार सम्हालेकी छिन । उनी पनि भ्रष्टाचारमा लिप्त रहेको र विकासका योजनाहरु विभिन्न शीर्षकको योजना नै सञ्चालन नै नगरी रकम निकास गर्ने गरेको स्थानीय युवाहरुको आरोप छ ।
नगर पालिकाका उपप्रमुख समेत रहेकी कार्यवाहक मेयर रोहिणीकुमारी यादवले नगरपालिकाविरुद्ध भएको आन्दोलनप्रति आफु गम्भीर बनेको बताएकी छिन् । युवाहरुको बूँदागत मागलाई सम्बोधन गर्न वार्तामा बसेको तर केही युवाहरु वार्ताको विचैबाट उठेर नगरपालिकाको कार्यालयमा तालावन्दी गरेको बताइन । यस्मा आफ्नो आपत्ति रहेको उनको भनाइ छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...