भ्रष्टाचार बिरुद्धको अभियानले राख्यो यस्ता विभिन्न माग

२८ भाद्र २०८२, शनिबार

भ्रष्टचार विरुद्धको अभियानले देशलाई सुशासनयुक्त बनाउन माग गरेको छ । शनिबार रामेछापको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले यस्तो माग गरेको हो ।
अभियानका अध्यक्ष यम बहादुर थापाले भ्रष्टाचार र विथिति बिरुद्ध जेनजीले गरेको आन्दोलन र यसको सफलताको प्रशंसा गर्दै यो आन्दोलनबाट बनेको सरकारलाई सुशासन कायम राख्न आग्रह गरे । उनले केपी ओलीको सरकार भ्रष्टचारमा लिप्त भएकोले जनताले फालेको बताउदैँ अहिले बनेको सरकारले भने सुशासन र समृद्धिमा जोड दिनुपर्ने बताए ।
उनले २०४६ साल देखिका विभिन्न पद तथा अहोदामा पुगेका नेता, कर्मचारी तथा विभिन्न व्यक्तिहरुको सम्पत्ति छानविन गर्नु पर्ने माग गरे । त्यस्तै मन्त्री, सांसद, नेता तथा कर्मचारीहरुले भ्रष्टचार गरेको र विदेशमा राखेको पैसा नेपाल ल्याउन नवनिर्मित सरकारसमक्ष माग गरेका छन् ।
अध्यक्ष थापाले भ्रष्टचार विरुद्धको अभियानलाई थप सशक्त बनाई सुशासन कायम गर्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । साथै, जेन जी आन्दोलनमा शाहदत प्राप्त गरेका व्यक्तिहरुलाई शहीद घोषणा गर्न र घाइतेको उपचारमा सरकारलाई गम्भीर हुन अध्यक्ष थापाले अनुरोध गरेका छन् । अभियानले स्थिर सरकार, शान्ति सुरक्षा, रोजगारी, निःशुल्क शिक्षा–स्वास्थ्य जस्ता प्रमुख माग पनि अघि सारेको छ ।
सम्मेलनमा शिक्षाविद् गुञ्जबहादुर श्रेष्ठले पूर्व प्रधानान्याधिश सुशिला कार्की नेतृत्वको सरकारले जनताको मन जित्ने काम गर्नेमा विश्वस्त रहेको बताए । उनले इमानदार र जनताप्रति बफादार रहेर काम गरेको भए यसअघिको सरकार फालिनु नपर्ने धारणा राखे । पत्रकार सम्मेलनमा जिल्लाका सबै सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...