भ्रष्टाचार बिरुद्धको अभियानले राख्यो यस्ता विभिन्न माग

२८ भाद्र २०८२, शनिबार

भ्रष्टचार विरुद्धको अभियानले देशलाई सुशासनयुक्त बनाउन माग गरेको छ । शनिबार रामेछापको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले यस्तो माग गरेको हो ।
अभियानका अध्यक्ष यम बहादुर थापाले भ्रष्टाचार र विथिति बिरुद्ध जेनजीले गरेको आन्दोलन र यसको सफलताको प्रशंसा गर्दै यो आन्दोलनबाट बनेको सरकारलाई सुशासन कायम राख्न आग्रह गरे । उनले केपी ओलीको सरकार भ्रष्टचारमा लिप्त भएकोले जनताले फालेको बताउदैँ अहिले बनेको सरकारले भने सुशासन र समृद्धिमा जोड दिनुपर्ने बताए ।
उनले २०४६ साल देखिका विभिन्न पद तथा अहोदामा पुगेका नेता, कर्मचारी तथा विभिन्न व्यक्तिहरुको सम्पत्ति छानविन गर्नु पर्ने माग गरे । त्यस्तै मन्त्री, सांसद, नेता तथा कर्मचारीहरुले भ्रष्टचार गरेको र विदेशमा राखेको पैसा नेपाल ल्याउन नवनिर्मित सरकारसमक्ष माग गरेका छन् ।
अध्यक्ष थापाले भ्रष्टचार विरुद्धको अभियानलाई थप सशक्त बनाई सुशासन कायम गर्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । साथै, जेन जी आन्दोलनमा शाहदत प्राप्त गरेका व्यक्तिहरुलाई शहीद घोषणा गर्न र घाइतेको उपचारमा सरकारलाई गम्भीर हुन अध्यक्ष थापाले अनुरोध गरेका छन् । अभियानले स्थिर सरकार, शान्ति सुरक्षा, रोजगारी, निःशुल्क शिक्षा–स्वास्थ्य जस्ता प्रमुख माग पनि अघि सारेको छ ।
सम्मेलनमा शिक्षाविद् गुञ्जबहादुर श्रेष्ठले पूर्व प्रधानान्याधिश सुशिला कार्की नेतृत्वको सरकारले जनताको मन जित्ने काम गर्नेमा विश्वस्त रहेको बताए । उनले इमानदार र जनताप्रति बफादार रहेर काम गरेको भए यसअघिको सरकार फालिनु नपर्ने धारणा राखे । पत्रकार सम्मेलनमा जिल्लाका सबै सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...