भ्रष्टाचार अभियानको नाममा पढाई प्रभाबित

Written by meropradesh creator

१७ चैत्र २०७८, बिहीबार

रामेछाप । नत कहीँ आधिकारीक संस्था दर्ता छ, नत अभियानमा साथ कसैले दिएका छन् । यसरी व्यक्तिगत अभियान चलाउँदै आएका मन्थली नगरपालिका–३ ठुलीमदौका यमबहादुर थापाले विद्यालयको पठनपाठन दुईहप्ता देखी प्रभावित पार्दै आएका छन् ।

कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेका जिल्लाका सामुदायिक विद्यालयहरु बल्लतल्ल कोरोना संक्रमितको संख्या कमी भएसँगै विद्यालय खुलेका थिए । विद्यालय बन्द हुँदा पढाई प्रभावित भएका बालबालिकाहरुका बार्षिक परीक्षा आउन थोरै समय मात्रै बाँकी छ । विद्यालयले कोर्ष सक्न हम्मेहम्मे परेको समयमा शिक्षकहरुले पढाउन छाडेर व्यक्तिगत कार्यक्रमलाई प्राथमिकता दिन थालेपछि बालबालिकाहरुको पढाई नै प्रभावित हुन पुगेको हो ।


जिल्लामा भ्रष्टाचार मौलाएको भन्दै भ्रष्टाचारको अभियान लिएर सामुदायिक विद्यालय पुगेका थापाले विद्यालयका कलिला बालबालिकाहरु जम्मा गरेर भाषण ठोक्दै हिड्ने गरेका छन् । अभियानको नाममा थापाले विद्यालयका बालबालिकाहरु जम्मा गराएर बेन्च माथि चढेर भाषण दिने र आफ्नो अभियान सफल भएको बताउँदै आएका छन् ।

अभियान लिएर सामुदायिक विद्यालय पुगेका अभियान्ताको संस्था कुन कार्यालयमा दर्ता छ । आधिकारीक संस्था हो वा होइन रामेछापका कुनै पनि विद्यालयलका शिक्षकहरुले खोजतलास गरेनन् । बरु उल्टै पढाई रहेका शिक्षकले कक्षा छाडेर बालबालिकाहरुलाई बाहिर खुल्ला चउरमा निस्कन उत्प्रेरणा गर्दै आएका छन् । अभियान लिएर आएका व्यक्ति ठूलै संस्थाका हुन की भन्ने भएर विद्यालयका पढाई छाडेर बालबालिकालाई उक्त अभियानमा उपस्थित गराएको श्री सेतीदेवी माबिका एक शिक्षकले बताए । उनले भने– हामीले उनको सस्ंथा दर्ता छ वा छैनन् केही सोधेनौं ।


अभियानको नाममा विद्यालयको पठनपाठन प्रभावित हुने काम तत्काल बन्द गर्नुपर्ने मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए । उनले भने– नत कहीँ आधिकारीक रुपमा संस्था दर्ता छ, नत यस बिषयमा मन्थली नगरपालिकासँग कुनै अनुमती नै लिएको छ । पालिकाको अनुमती विना सामुदायिक विद्यालयको पढाई प्रभावित हुने काम गर्न कसैलाई छुट छैन् ।

विद्यालयको पढाई प्रभाबित बनाएर कार्यक्रम गर्न दिनु गलत भएकाले तत्काल उक्त कार्य बन्द गरी विद्यालयको पढाई सुचारु गर्न सम्वन्धित विद्यालयलाई निर्देशन दिएको मन्थली नगरपालिका शिक्षा शाखाका प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिए । उनले भने– विद्यालयको पठनपाठन प्रभावित हुने कुनै पनि कार्य गर्न पाइदैन । कार्यक्रम नै गर्ने हो भने सम्वन्धित व्यक्तिले नगरपालिकासँग अनुमती लिनु पर्ने र त्यसका लागि संस्था दर्ताको आधिकारीक कागजात समेत पेश गर्नुपर्ने शिक्षा शाखा प्रमुख बुढाथोकीले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...