रामेछाप । भूकम्प पीडितको उद्धार तथा सहयोगका लागी नेपाली काँग्रेसले सरकारलाई ५० लाख सहयोग गरेको छ । साथै नेपाली काँग्रेसले यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न अपील गरेको छ ।
नेपाली कांग्रेसले जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पमा परी भएको मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको भन्दै दुख समेत व्यक्त गरेको छ ।
साथै स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न कांग्रेसले अपील समेत गरेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...