रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा भोली देखी प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा तेह्र जिल्ला सहभागी हुने छ । प्रत्यक जिल्ला बाट एक एक टिम सहभागी हुने छ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ वाग्मती प्रदेश कमिटीले आयोजना गरेको प्रतियोगितामा जिल्लाका खेलाडी भन्दा अन्य जिल्लाका खेलाडी सहभागी नगराउने वाग्मती प्रदेश कमिटीका सह इन्र्चाज उज्वल सुबेदीले जानकारी दिए । महासंघले जिल्ला सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता भोली देखि ७ गतेसम्म सञ्चालन हुने जनाएको छ ।
प्रतियोगिताको उद्घाटन नेकपा एमाले सचिव गोकर्ण विष्टले गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । सहभागीहरुले भने सहभागिता बापत २५ हजार उपलब्ध गराउने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रदेश स्तरीय पुरुष भलिबल खेलकुद रामेछापमा यो पहिलो पटक भएको हो । प्रदेश स्तरीय प्रतियोगिता भएको कारण प्रतियोगिता हेर्न रामेछाप लगाएत बिभिन्न जिल्ला बाट ३० हजार दर्शक उपस्थिती हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।