भोली उम्मेरदवारी दर्ता कुन समय कुन दललाई

Written by meropradesh creator

२२ आश्विन २०७९, शनिबार

रामेछाप । मुख्य निर्वाचन कार्यालय रामेछापले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी आइतबार हुन लागेको उम्मेदवारी दर्ताको लागी समय उपलब्ध गराएको छ । मुख्य निर्वाचनको कार्यालयमा शनिबार भएको सर्वदलिय बैठकमा स्वतन्त्र उम्मेवारका लागि समय तोकिएको छैन् उनिहरुले बिहान दश बजे देखी बेलुकी ५ बजे सम्म उम्मेरदवारी दर्ता गर्न सक्ने छन् भने राजनितिक दलहरुलाई भने समय तोकिएको मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्मामा जानकारी दिइन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि भोली असोज २३ गते आइतबार बिहान १०:०० बजेदेखि ५:०० बजे सम्म मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । त्यसैगरि भोली साझ ५:०० बजे देखि ७:०० बजे सम्ममा उम्मेदवारहरुको सुचि प्रकाशन गरिने छ ।
असोज २४ गते विहान १०:०० बजेदेखि ३:०० बजे सम्म उम्मेदवारको विरोधमा उजुरी दिने सकिने व्यवस्था गरिएको छ । उम्मेदवार विरुद्ध परेको उजुरी उपर सोहि दिन ३:०० बजे देखि २५ गते ५:०० बजे सम्म जाँचबुझ गरि निर्णय गर्ने आयोगले जनाएको छ । भने सोहि दिन साँझ ७:०० बजे सम्ममा नामावली प्रकाशन गर्नेछ ।

उम्मेदारी फिर्ता लिन चाहनेका लागि आयोगले असोज २६ गते १:०० बजे भित्र फिर्ता लिन सकिने व्यवस्था गरेको छ । भने आयोगले सोहिदिन ३:०० बजेसम्ममा अन्तिम नामावली प्रकाशन गर्ने कार्यसुसचि रहेको छ । सोहिदिन ७:०० बजेसम्ममा उम्मेवारलाइ चुनाव चिन्न प्रदान गरिने आयोगले जनाएको छ । मंसिर ४ गते सबै मतदान स्थलहरुमा विहान ७:०० बजे देखि ५:०० बजे सम्म मतदान गर्न सकिने आयोगले जनाएको छ ।
भोलि हुने मनोनयन दर्ता मुख्य ठुला राजनितिक दहहरु नेकपा एमालको नेतृत्वमा बनेको गठबन्धनले १२ बजे देखी १ बजे सम्म र नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनले १ बजे देखी २ बजे सम्म गर्ने छ ।
राजनितिक दल सहितको बैठकमा निर्वाचनमा सहभागि हुने सम्पुर्ण राजनितिक दललाइ निर्वाचन आचारसंहिताको पूर्णरुपले पालना गर्न रामेछापका मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले आग्रह गरेकी छन् ।

शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थिलीमा भएको सर्वदलिय बैठकमा मुख्य निर्वाचन अधिकृत शर्माले निर्वाचन भए रहित ,शान्तिपूर्ण रुपमा सम्पन्न गराउन राजनितिक दलको महत्वपूर्ण भूमिका हुने भन्दै सबै राजनितिक दललाई आचार संहिता कडाइका साथ पालना गर्न आग्रह गरेकी छिन् ।

त्यसैगरि बैठकमा सहभागि राजनितिक दलका प्रतिनिधिहरुले पनि आचारसंहिताको पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भोली हुने मनोनयन दर्ताका लागि भने राजनितिक दलहरुलाइ समय तोकिएको छ सोहि समयतालिका बमोजिम प्रतिनिधिहरु आ आफ्नो पालोमा मनोनयन दर्ता गर्न आउनु पर्नेछ भने स्वतन्त्र उम्मेवारका लागि कुनैपनि समय नतोकिएको मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्मामा जानकारी दिइन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...