रामेछाप । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि उम्मेदवारहरुले मतदातासँग मत माग्ने समयअवधि मगंलवार राती १२ वजेवाट सकिएर मौन अवधि लागु हुँदै छ ।
निर्वाचन आयोगले मौन अवधिको पूर्णरुपमा पालना गर्न सबै राजनितिक दलका उम्मेदवारहरुलाई आग्रह गरेको छ । निर्वाचन आयोगले मौन अवधिको समयमा राजनितिक दल, नेता, उम्मेदवार, पार्टीका कार्यकर्ता र भातृ संघसंगठनले के–के गर्न पाइने र के–के गर्न नपाइने भन्ने जानकारी दिदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।
मौन अवधिभर निर्वाचनको प्रचार–प्रसार गर्न, कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गर्न, राजनितीक दल तथा उम्मेदवारहरुको पक्ष वा विपक्षमा मतदान लगायत कुनै प्रकारका छलफल बहस समेत गर्न पाइने छैन् । त्यसैगरी उम्मेदवार, नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालको प्रयोग गरी पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न तथा मतदातालाई भ्रम छर्ने किसिमका भ्रामक सूचना प्रवाह गर्न पनि पाइने छैन ।
मौन अवधिमा पालना गर्नुपर्ने आचरणहरु यस प्रकारका रहेका छन् –