काठमाडौं, नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ गते देखि १० गते सम्म गर्नका लागि प्रस्ताव गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० गतेका लागि प्रस्ताव गर्न महामन्त्री पूर्ण बहादुर खड्काले प्रस्ताव गर्नुभएको छ ।
यस्तै असार २० गतेबाट गाउँ नगर र जिल्लाको अधिवेशन सुरु गर्ने प्रस्ताव गरेको छ । बैठकमा फागुन ५ बाट संविधानत सबै कार्यसमितिको पदावधिको समय ६ महिना थप्ने प्रस्ताव र म्याद सकिएका विदेशस्थित जनसम्पर्कको म्याद थप्ने प्रस्ताव गरिएको छ । प्रस्तावमाथि बुधबारबाट छलफल सुरु भएको र विहीबार पनि छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
त्यस्तै क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वडाले फागुन १२ गते पालिकालाई, १६ गते पालिकाले क्षेत्रीय कार्य समितिलाई, २८ गते क्षेत्रीय कार्य समितिले जिल्लालाई, चैत १० गते जिल्लाले केन्द्रीय समितिलाई बुझाउने प्रस्ताव बैठकमा गरिएको बताए ।
बुधबार र बिहीबारको छलफलपछि बैठकले प्रस्तावमाथि निर्णय लिने प्रवक्ता शर्माले बताए । यसअघि अघिल्लो बर्ष कांग्रेसको महाधिवेशन फाल्गुन सात देखि १० गतेसम्म गर्ने प्रस्ताव गरिएको थियो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...