भारतलाई १२ रनले पराजित गर्दै अष्ट्रेलियाको जित

Written by meropradesh creator

२३ मंसिर २०७७, मंगलवार

मंसिर २३
आज भएको अष्ट्रेलिया र भारत विचको खेलमा भारतलाई १२ रनले पराजित गर्दै अष्ट्रेलियाले जित हात पारेको छ । अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि २० आई खेलमा भारतलाई १२ रनले पराजित गरेको हो । यो सँगै तीन टि २० आई खेलको सिरिज भारतले २–१ ले जितेको छ ।
१ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन मात्र बनाउन सफल भएको छ । भारतका कप्तान विराट कोहलीले ६१ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिएपनि टोलीलाई जिताउन भने उनले सकेनन् ।
ग्लेन म्याक्स वेलको पहिलो ओभरको दोस्रो बलमा ओपनर लोकेश राहुल डीप मिडविकेटमा स्टिभ स्मिथबाट शून्यमा क्याच आउट हुन पुगेका थिए ।

स्पिनर मिचेल स्वीपसनको नवौं ओभरको पाँचौ बलमा शिखर धवन ड्यानियल साम्सबाट २८ रनमा क्याच आउट भएका थिए । धवनले २१ बलमा ३ चौका प्रहार गरेका थिए । स्वीपसनले १३ औं ओभरको चौथो बलमा सञ्जु स्यामसनलाई १० रनमा स्मिथबाट क्याच आउट गराए । यसै ओभरको अन्तिम बलमा श्रेयस ऐर शून्यमा एलबिडब्लू आउट भएपछि भारत दबाबमा परेको थियो ।
१८ औं ओभरको पहिलो बलमा स्पिनर एडम जाम्पाले हार्दिक पान्ड्यालाई फिन्चबाट २० रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया जिततर्फ अघि बढेको थियो । हार्दिकले १३ बलमा १ चौका र २ छक्का प्रहार गरे । १९ औं ओभरको पहिलो बलमा एन्ड्रयु टाइले कोहलीलाई साम्सबाट क्याच गराएपछि भारतको जित टाढिएको थियो । शार्दुल ठाकुरले ७ बलमा २ छक्का सहित १७ रनमा अविजित रहे ।
अष्ट्रेलिया जितमा स्पिनर मिचेल स्वीपसनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर एन्ड्रयु टाईले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । स्पिनर एडम जाम्पा, ग्लेन म्याक्सवेल र सन एबटले एक एक विकेट लिए ।
त्यसअघि सिड्नीमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । अष्ट्रेलिया ओपनर म्याथ्यु वेडले ५३ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ८० रनको योगदान दिए । आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल ३६ बलमा ३ चौका र ३ छक्का सहित ५४ रनमा बोल्ड आउट भए । तेस्रो विकेटका लागि म्याक्सवेल र वेडले ५३ बलमा ९० रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
अष्ट्रेलियाको सुरुवात भने राम्रो भएको थिएन । दोस्रो ओभरको चौथो बलमा कप्तान आरोन फिन्च अष्ट्रेलियाले १४ रन जोड्दा शून्यमा क्याच आउट हुन पुगेका थिए । फिन्च स्पिनर वासिन्टन सुन्दरको बलमा मिडअफमा हार्दिक पान्ड्याबाट सहज क्याच आउट हुन पुगेका थिए । स्टिभ स्मिथलाई सुन्दरलेनै दशौं ओभरको चौथो बलमा २४ रनमा बोल्ड आउट गरे । स्मिथले २३ बलमा १ चौका प्रहार गरे । दोस्रो विकेटका लागि स्मिथ र वेडले ६५ रनको साझेदारी गरेका थिए ।
म्याक्सवेलले ब्यक्तिगत १९ रनमा जीवनदान पाएका थिए । १३ औं ओभरको अन्तिम बलमा म्याक्सवेल विकेटकिपर लोकेश राहुलबाट क्याच आउट हुन पुगेपनि स्पिनर युजभेन्द्र चहलले नो बल गरेको कारण उनी पुन ः ब्याटिङको लागि क्रिजमा फर्किंएका थिए । जुन जीवनदान भारतलाई भारी पर्यो ।
वेडलाई १९ औं ओभरको दोस्रो बलमा शार्दुल ठाकुरले एलबिडब्लू आउट गरेका थिए । म्याक्सवेललाई अन्तिम ओभरको पहिलो बलमा टि नटराजनले बोल्ड आउट गरेका थिए । मोइजेस हेनरिक्स ५ र ड्यानियल साम्स ४ रनमा अविजित रहे । डार्सी सर्ट ७ रनमा रन आउट भए ।
भारतका स्पिनर वासिन्टन सुन्दरले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । तिव्र गतिका बलर टि नटराजनले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा भारत ११ र दोस्रो बलमा ६ विकेटले हुँदै सिरिज जितेको थियो ।
तीन ओडिआई खेलको सिरिज अष्ट्रेलियाले २(१ ले जितेको थियो । भारत र अष्ट्रेलियाबीच थप चार टेष्ट खेलको सिरिज हुने छ । पहिलो टेष्ट डिसेम्बर १७ देखि एडिलेड ओभलमा हुने छ ।

समाचार स्रोतः हाम्रो खेलकुद डट.कम

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...