चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो परिमाणको लागुऔषधसहित सात युवकलाई पक्राउ गरेको छ। प्रहरीले आज बिहान भरतपुर–९ केन्द्रीय बसपार्क नजिकैको एक होटलबाट १७ हजार ४०० थान ट्रामाडोल क्याप्सुल बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार पक्राउ परेकामध्ये एक युवक भारतको विहार राज्य, पश्चिम चम्पारणका रहेका छन्। उनीहरू होटलमा बसेर ट्रामाडोल बिक्री गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । प्रहरीले उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।









