रामेछाप । कोरोना भाइरस बिरुद्धको कोभिशिल्ड खोप १० लाख डोज आइतवार भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत आइतवार नेपाल आइपुग्ने भएको छ ।
नेपाल सरकारले यहीँ फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमती भएअनुसार आइतवार १० लाख डोज खोप आउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । यस अघि गत माघ ८ गते भारत सरकारले अनुदानमा सोही खोप आएको थियो ।
दिल्लीवाट नेपाल आउने उक्त खोप बिमानस्थबाट सिदै टेकुस्थित चिस्यान केन्द्रमा लगेर भण्डारन गरिने भएको छ । उक्त खोप फागुन २३ गतेदेखी ५५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई लगाइने छ । चिस्यान केन्द्र टेकुमा रहेको उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरीका खोप केन्द्रहरुमा बितरण गरिने सहप्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार सम्झौताअनुसारको बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाडै आउने छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...