भान्सा घरमा राखेर बिरामीको आँखा जाँच

Written by meropradesh creator

१६ भाद्र २०७८, बुधबार

रामेछाप । जिल्लामा रहेको एकमात्र जिल्ला सामुदायिक आँखा केन्द्रको भवनमा पहिरोले क्षती पुर्याएर भवन अभाव भएपछि स्वास्थ्यकर्मीले भान्सा घरमा राखेर विरामीको आँखाको उपचार गर्न लागेका    छन् ।

यहीँ भदौ १३ गते परेको अविरल वर्षाका कारण जिल्ला सामुदायिक आँखा केन्द्रको भवन भएको स्थानमा माथिल्लो भित्तातर्फवाट आएको पहिरोले भवनमा क्षती पुर्याएपछि आँखा जाँचको सेवा बन्द गरिएको थियो । भवन अभावमा आँखा जाँच गर्न आउने विरामीहरु राखेर उपचार गर्ने ठाउँ नभएपछि उक्त सेवा हाल भान्साको लागि बनाइएको एक कोठो प्रिफ्याव भवनबाट उपचार सेवा मंगलवार वाट शुरुवात गरिएको तामाकोशी अस्पतालका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेले जानकारी दिए ।

उनले भने– भएको भवन पहिरोले क्षती पुग्यो । अर्को भवन तत्काल बन्ने अवस्था छैन् । अस्पतालले गर्दा अन्यत्र कोठाको अभाव छ । टाढाटाढा बाट आँखाको उपचार लिन आउने विरामीहरुलाई उपचार बिना नै फर्काउनु भन्दा उपचार गरेर पठाउनु राम्रो भएकाले तत्कालको लागि भान्सा तथा चमेना गृहको लागि निमार्ण गरिएको एककोठे भवनवाट आँखा जाँचको नियमति सेवा शुरुवात गरिएको घिमिरेले बताए ।


तामाकोशी अस्पतालमा आँखा जाँच गराउन आउनेको संख्या अत्याधिक मात्रामा बढ्दै गएपछि स्व.जगदिश प्रसाद घिमिरेको पहलमा २०५७ सालमा तिलगंगा आँखा अस्पताल काठमाण्डौंको सहयोगमा तामाकोशी अस्पछताल परिसरमा रामेछापमा सामुदायिक आँखा केन्द्रको स्थापना भएको थियो । तिलगंगा आँखा अस्पतालले केही वर्ष अघि मात्रै ५० लाखको लागतमा प्रिफ्याव भवन निमार्ण गरि त्यहीँ भवनवाट आफ्नो सेवा आरम्भ गर्दै आएको थियो ।

सामुदायिक आँखा केन्द्रमा अहिले रामेछापको अलावा दोलखा, सिन्धुली, ओखलढुङ्गा र सोलु लगाएतका जिल्लाहरुवाट समेत आँखा जाँच गराउन विरामीहरु आउने गरेका छन् । यस आँखा केन्द्र मार्फत जिल्लामा हालसम्म ४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रका इन्चार्ज उमेश तामाङले जानकारी दिए ।

उनले भने– अहिले पनि दैनिक झण्डै ३५ देखी ४० जनासम्मको हाराहारीमा आँखाका विरामीहरु उपचार लिन आउने गरेका छन् । आँखाको जाँच गर्न धेरै टाढाटाढा देखी बृद्धबृद्धाहरु बढी मात्रामा आउने भएकाले उहाँहरुलाई जसरी भएपछि उपचार गराएर पठाउनकै लागि दुःख जिलोका साथ सेवा पुनः सुचारु गरेका छौं ।


पहिरोले क्षती पुगेको भवनको निरिक्षणको लागि तिलगंगा आँखा अस्पतालवाट प्राविधिक सहितको टोली रामेछाप आउने भएका छन् । तिलगंगावाट आएको टोलीले निरिक्षण गरे पश्चात मात्रै भवन वरपर पुरिएको माटो हटाउने र नयाँ भवन कहाँ निमार्ण गर्ने भन्ने बिषयमा छलफल भएपछि मात्रै भवन निमार्णको कामलाई अघि वढाइने तामाकोशी अस्पतालका सचिव हिमाल ढुंगेलले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...