बेरुजुको चाङ ७ खर्ब ५५ अर्ब नाघ्यो, महालेखाको ६३औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

१ जेष्ठ २०८३, शुक्रबार

काठमाडौँ, जेठ १ गते । मुलुकमा सरकारी बेरुजुको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को ६३औँ वार्षिक प्रतिवेदनअनुसार यस वर्ष मात्रै थप ८८ अर्ब रुपैयाँभन्दा बढी बेरुजु थपिएको छ । शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त प्रतिवेदन पेस गर्नुभएको हो ।

यस वर्ष पाँच हजार ५२६ वटा सरकारी तथा सार्वजनिक निकायको कुल ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो । सो क्रममा सङ्घ, प्रदेश, स्थानीय तह तथा विभिन्न समिति एवं संस्थाहरूको आर्थिक कारोबारको विस्तृत परीक्षण गरिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

महालेखापरीक्षक रायाका अनुसार यस वर्ष कायम भएको कुल बेरुजुमध्ये सबैभन्दा ठुलो हिस्सा सङ्घीय सरकारी कार्यालयको रहेको छ, जहाँ ५३ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ बेरुजु देखिएको छ । यसै गरी प्रदेश सरकारी कार्यालयतर्फ पाँच अर्ब २२ करोड ८७ लाख, स्थानीय तहतर्फ १९ अर्ब चार करोड ७७ लाख र विभिन्न समिति एवं अन्य संस्थाहरूमा १० अर्ब ३२ करोड ७० लाख रुपैयाँ बेरुजु भेटिएको छ ।

यो थपिएसँगै मुलुकको कुल अद्यावधिक बेरुजु सात खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा करिब तीन प्रतिशतले बढी हो । कुल अद्यावधिक बेरुजुमध्ये सङ्घीय कार्यालयतर्फ मात्रै तीन खर्ब ७८ अर्बभन्दा बढी र स्थानीय तहतर्फ दुई खर्ब २० अर्ब रुपैयाँभन्दा बढी बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । यस वर्षको लेखापरीक्षणमा एक लाख ८८ हजारभन्दा बढी बेरुजु दफा औँल्याइएकोमा झन्डै आधा सैद्धान्तिक र बाँकी लगती बेरुजु रहेका छन् । यसका अतिरिक्त राजस्व, शोधभर्ना, वैदेशिक सहायता तथा ऋणसम्बन्धी कारबाही हुनुपर्ने रकम पनि सात खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढी देखिएको छ ।

यद्यपि, महालेखापरीक्षकको कार्यालयले यस वर्ष ६३ अर्बभन्दा बढी बेरुजु फछ्र्योट गर्न सफल भएको जनाएको छ । लेखापरीक्षणकै प्रभावका कारण १४ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी रकम असुल भई सरकारी राजस्व खातामा जम्मा भएको जानकारी समेत दिइएको छ । महालेखापरीक्षक रायाले लेखापरीक्षण प्रक्रियालाई थप पारदर्शी, प्रविधिमैत्री र प्रभावकारी बनाउन वेबसाइट, एफएम रेडियो, भर्चुअल संवाद तथा टोल–फ्री नम्बरमार्फत नागरिक गुनासो सङ्कलन गर्ने व्यवस्था गरिएको बताउनुभयो । कार्यसम्पादन सुधारका लागि विभिन्न निकायलाई ९०२ वटा राय–सुझावसहित प्रतिवेदन जारी गरिएको जानकारी समेत उहाँले गराउनुभयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...