बाटेको धूप बनाउने तालिम सम्पन्न

२८ फाल्गुन २०८०, सोमबार

रामेछाप । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले सञ्चालन गरेको ५ दिने धूप बनाउने तालिम सम्पन्न भएको । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको सहयोग सञ्चालित तालीमा ३० जनाको सहभागिता रहेको थियो । फागुन २४ गते देखी सञ्चालन भएको तालिममा रामेछाप नगरपालिका ७,८, ९ नम्बर वडाका फरक क्षमता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सिकेको सिपलाई अब निरन्तरता दिने बताएका छन् । तालिमले अपाङ्गता भएको व्यक्तिहरूमा आत्मबल बढाउन सहयोग गरेको बताउँदै आत्मनिर्भर बन्न सक्ने बताए ।

तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै रामेछाप नगरपालिकाका उपप्रमुख बालाकुमारी कार्कीले सहभागीहरूलाई सिकेको सिपलाई निरन्तरता दिन आग्रह गरेका छन् । उपप्रमुख कार्कीले तालिममा सहभागीहरूलाई समूह बनाएर काम गर्न आग्रह गरेका छन् । उपप्रमुख कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्“ तपाईँहरू अहिले तिन वटा वडा बाट तालिममा सहभागी हुनुहुन्छ । त्यस मध्य एक जनाले एउटा वडाको नेतृत्व गर्नुस् र वडामा बनेका धूपहरू सङ्कलन गर्नुस् बजारमा बिक्री वितरण गर्नुस् बजारमा बिक्री नभएका धूप नगरपालिकाले खरिद गर्छ । नगरपालिकाले जिम्मेवारी लिन्छ । उत्पादन जति सकिन्छ धेरै उत्पादन गर्नुस् कार्कीले भनिन्” । साथै तिन वटा वडामा मन्त्रालयको सहयोगमा तालिम सञ्चालन भएको भन्दै अन्य वडामा नगरपालिकाले सञ्चालन गर्न सहयोग गर्नै प्रतिबद्धता व्यक्त गरे ।

सचेतना सेवा केन्द्रका अध्यक्ष बद्री नयाँघरेले तालिम मात्र नभएर अन्य जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेको बाटेको धूप बनाउन बजारीकरणमा सहयोग गर्ने र आत्मनिर बनाउन सचेतना केन्द्र लागी पर्ने बताएका छन् । तालिममा सहभागीहरूलाई कच्चा पर्दाथ साथै कैचि प्याकिङ पलास्टीक समेत प्रमाण पत्रका साथमा सचेतना केन्द्रले उपलब्ध गराएको छ । तालिममा सिक्ने क्रममा तयार गरेको धूप नगरपालिकाले जिम्मा लिएको छ । उक्त धूपको रकमले सहभागीहरूलाई कच्चा पर्दाथ उपलब्ध गराउने समेत सचेतन सेवा केन्द्रले बताएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

खाँडादेवी गाउँपालिको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले विरोध पछि गरे बहिस्कार – गाउँ सभा अनिश्चित 

खाँडादेवी गाउँपालिको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले विरोध पछि गरे बहिस्कार – गाउँ सभा अनिश्चित 

रामेछाप । खाँडादेवी गाउँपालिकाको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले बहिस्कार गरेका छन् । वडा अध्यक्षहरूले गाउँभामा बहुमतको कदर नभएको भन्दै बहिस्कार गरेका छन् । वडा अध्यक्षहरूको विरोध पछि गाउँ सभा स्थगित भएको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठले वडा कार्यालय र कार्यपालिकाको...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...