बाटेको धूप बनाउने तालिम सम्पन्न

२८ फाल्गुन २०८०, सोमबार

रामेछाप । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले सञ्चालन गरेको ५ दिने धूप बनाउने तालिम सम्पन्न भएको । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको सहयोग सञ्चालित तालीमा ३० जनाको सहभागिता रहेको थियो । फागुन २४ गते देखी सञ्चालन भएको तालिममा रामेछाप नगरपालिका ७,८, ९ नम्बर वडाका फरक क्षमता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सिकेको सिपलाई अब निरन्तरता दिने बताएका छन् । तालिमले अपाङ्गता भएको व्यक्तिहरूमा आत्मबल बढाउन सहयोग गरेको बताउँदै आत्मनिर्भर बन्न सक्ने बताए ।

तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै रामेछाप नगरपालिकाका उपप्रमुख बालाकुमारी कार्कीले सहभागीहरूलाई सिकेको सिपलाई निरन्तरता दिन आग्रह गरेका छन् । उपप्रमुख कार्कीले तालिममा सहभागीहरूलाई समूह बनाएर काम गर्न आग्रह गरेका छन् । उपप्रमुख कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्“ तपाईँहरू अहिले तिन वटा वडा बाट तालिममा सहभागी हुनुहुन्छ । त्यस मध्य एक जनाले एउटा वडाको नेतृत्व गर्नुस् र वडामा बनेका धूपहरू सङ्कलन गर्नुस् बजारमा बिक्री वितरण गर्नुस् बजारमा बिक्री नभएका धूप नगरपालिकाले खरिद गर्छ । नगरपालिकाले जिम्मेवारी लिन्छ । उत्पादन जति सकिन्छ धेरै उत्पादन गर्नुस् कार्कीले भनिन्” । साथै तिन वटा वडामा मन्त्रालयको सहयोगमा तालिम सञ्चालन भएको भन्दै अन्य वडामा नगरपालिकाले सञ्चालन गर्न सहयोग गर्नै प्रतिबद्धता व्यक्त गरे ।

सचेतना सेवा केन्द्रका अध्यक्ष बद्री नयाँघरेले तालिम मात्र नभएर अन्य जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेको बाटेको धूप बनाउन बजारीकरणमा सहयोग गर्ने र आत्मनिर बनाउन सचेतना केन्द्र लागी पर्ने बताएका छन् । तालिममा सहभागीहरूलाई कच्चा पर्दाथ साथै कैचि प्याकिङ पलास्टीक समेत प्रमाण पत्रका साथमा सचेतना केन्द्रले उपलब्ध गराएको छ । तालिममा सिक्ने क्रममा तयार गरेको धूप नगरपालिकाले जिम्मा लिएको छ । उक्त धूपको रकमले सहभागीहरूलाई कच्चा पर्दाथ उपलब्ध गराउने समेत सचेतन सेवा केन्द्रले बताएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...