बातावरण संरक्षण परियोजना फलदायी बन्दै

Written by meropradesh creator

१६ पुष २०७७, बिहीबार

रामेछाप । सामुदायिक जनशक्ती विकाश कार्यक्रम गोल्माटारले रामेछाप नगरपालीकाको विभिन्न स्थानमा सञ्चालन गरेको वातावरण संरक्षण परियोजना फलदायी बन्दै गएको छ ।
सामुदायिक जनशक्ति विकास समाज गोल्माटारले रामेछाप नगरपालिका अन्र्तगत वडा नं–७ सुकाजोर ८ र ९ रामेछापमा पानिको मुहान संरक्षण, फलफुलको बिरुवा बितरण सामुदायिक वनमा बृक्षारोपण, गाईगोठमा मुत्र संकलनजस्ता बातावरण संरक्षणसँंगै किसानहरुको आयआर्जनलाई सहयोग पुग्ने अपेक्षा सहित कार्यक्रम संञ्चालन गरिएको वातावरण संरक्षण परियोजना रामेछापका संयोजक दिपक चौलागाईले जानकारी दिए ।
केहीबर्ष अघि देखि खिरेपानी खोलाको पानी रामेछाप बजार लगिएको थियो । खोलामा भएको पानी रामेछापमा लैजाँदा पनि खोलामा सानो पानी थियो । त्यो पानी २०७२ सालको भुकम्पपछी एकाएक मुहान सुक्यो । भएको सानो पानीलाई जम्मा गर्न बातावरण परियोजनाले रकम दिएर पोखरी निमार्ण गरिदिएपछि अहिले वस्तुलाई पानी खुवाउन धेरै सहज भएको रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरका इन्द्रबहादुर तमाङ्गले जानकारी दिए ।
उनले भने– हामीले पोखरी निमार्णको लागि स्थानिय सरकारसँग पनि भन्यौ । तर स्थानिय सरकारले गर्ने काम अहिले परियोजनाले नै गरिदिएपछि हामीलाई धेरै राहात मिलेको छ । अहिले त्यतिकै खेर जाने खोलाको पानी पोखरीमा जम्मा हुने र त्यो पानी वस्तु, जंङ्गली जनावरले खान प्रयोग गरिएको छ । त्यस्तै घरमा खान बाहेक अन्य कामको लागि पनि पानी प्रयोग गर्न सहज भएको छ ।
बातावरण परियोजनाले पोखरी निमार्णको लागि २ लाख ९ हजार रुपैयाँ र स्थानिय जनश्रमदान ५२ हजार गरि कुल २ लाख ६१ हजार रुपैयाँको लागतमा सो पोखरी निमार्ण भएको हो । त्यस्तै गाउँमा पानीको समस्या देखापर्न थालेपछि बातावरण संरक्षण परियोजनाले जङ्गलमा छरिएर रहेका मुहानको पानी संकलन गरेर एउटा रिजर्भ ट्याङ्की निमार्ण गरिदिएपछि अहिले पानीको लागि धेरै सहज भएको स्थानिय राजकुमार कार्कीले जानकारी दिए ।
त्यसैगरी परियोजना मार्फत गोठसुधार कार्यक्रम अन्तर्गत वस्तुको मुत्र संकलन गरि उक्त मुत्र किसानले लगाएको तरकारी लगाएत अन्नबालीमा छर्दा उत्पादनमा बृद्धि भएको छ । बस्तुको मुत्र संकलन गरि तरकारीमा छर्कदा यस अघि लाग्दै आएको रोगहरु समेत निर्मुल हुँदै गएकाले किसानहरु अत्यन्तै हर्षित भएको रामेछाप नगरपालिका वडा नं–९ का वडा अधयक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
उनले भने– किसानहरुले अहिले अग्र्यानिक तरकारी उत्पादन गर्न लागेका छन् । वजारमा अग्र्यानिक तरकारी खोज्ने ग्राहकको बृद्धि सँगै किसानले उत्पादन गरेको तरकारीले बजारमा राम्रो मूल्य पाउँदा किसानहरुमा एक किसिमको उत्साह थपिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...