काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद्को नियमित बैठक बसेको छ । बैठकमा सरकारका तर्फबाट हालसम्म भएका कामकारबाहीको समिक्षा गरिएको छ भने केही नीतिगत विषयमा पनि छलफल भएको बताइएको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त गर्ने प्रस्ताव पनि बैठकको एजेन्डामा रहेको स्रोतले जनाएको छ । त्यसबाहेक, अन्य नियुक्ति र मन्त्रालयगत समन्वयका विषयमा समेत कुराकानी भएको बताइएको छ ।
बैठकमा भएको निर्णयको औपचारिक जानकारी भने सरकारको प्रवक्तामार्फत सार्वजनिक गरिनेछ ।









