बैशाख २८ गते देखी बागमती प्रदेशको युवा सम्मेलन हुदैँ ः सम्मेलनको तयारी पूरा

२७ बैशाख २०८१, बिहीबार

रामेछाप । बैशाख २८ गते देखी बागमती प्रदेशस्तरको युवा सम्मेलन हुने भएको छ । तिन दिन सम्म चल्ने सम्मेलनको तयारी पूरा भएको छ । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएका हुन् ।
यही वैशाख २८, २९ र ३० गते प्रदेशको १३ जिल्लाका युवाको सहभागितामा युवा सम्मेलन हुने छ । सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता हुने उपाधयक्ष चौलागाईँले बताए ।


बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत प्रदेश युवा सम्मेलन गर्न लागेको उनको भनाई छ ।
सम्मेलनमा सहभागी युवालाई नै लक्षित गरी अन्तरक्रिया, बहस्, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप रहने कार्यकारी उपाध्यक्ष चौलागाईँले बताए ।
उनका अनुसार, तीन दिनसम्म चल्ने सम्मेलनमा शिक्षातर्फ विशेषगरी विश्वविद्यालय तहको शिक्षामा विद्यार्थीको आकर्षण नहुनु, शिक्षाकै लागि विदेशिने प्रवृत्तिका विषयमा बहस हुनेछ ।


प्रदेश युवा सम्मेलन गत वर्ष पनि आयोजना गरिएको थियो । सम्मेलनमा सहभागी हुन ५३७ जनाले अनलाइनमार्फत् आवेदन दिएकामध्ये २०० जनालाई पूर्ण समावेशी अवधारणामा छनोट गरिएको छ । सम्मेलनमा सहभागी हुने २०० जना बागमती प्रदेशको ११९ पालिकामध्ये ८९ पालिकाका युवा छानिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

“ग्ल्यामर र घाम–दुवैमा चम्किने” चाहना प्रधान: मिस ग्रान्ड नेपाल २०२५ की बलियो दावेदार

“ग्ल्यामर र घाम–दुवैमा चम्किने” चाहना प्रधान: मिस ग्रान्ड नेपाल २०२५ की बलियो दावेदार

रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ की चाहना प्रधान मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली उपस्थिति जनाउँदै, विजेताको पहिलो दावेदारको रूपमा अगाडि बढिरहेकी छन्। आत्मविश्वास, सशक्त अभिव्यक्ति, सौन्दर्य र प्रतिभाको संगमले उनले प्रारम्भिक चरणबाटै निर्णायकहरूको ध्यान तानेकी...

खाँडादेवी मन्दिरको व्यवस्थापनमा कडाइ, विकास कोषको तेस्रो बैठकले गर्‍यो महत्त्वपूर्ण निर्णयहरू

खाँडादेवी मन्दिरको व्यवस्थापनमा कडाइ, विकास कोषको तेस्रो बैठकले गर्‍यो महत्त्वपूर्ण निर्णयहरू

रामेछाप— ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने खाँडादेवी मन्दिरको संरक्षण र व्यवस्थापनमा थप कडाइ गरिने भएको छ। खाँडादेवी विकास कोषको तेस्रो बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै मन्दिर क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउने तयारी अघि बढाएको हो। कोषका...

समाचारकै कारण पत्रकार पाठकलाई पक्राउ गर्न प्रहरी घरमै पुग्यो, प्रेस काउन्सिल र महासंघसँग सहयोगको याचना

समाचारकै कारण पत्रकार पाठकलाई पक्राउ गर्न प्रहरी घरमै पुग्यो, प्रेस काउन्सिल र महासंघसँग सहयोगको याचना

काठमाडौं — पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न साइबर ब्युरोको प्रहरी टोली बुधबार दिउँसो उहाँको धुम्बाराहीस्थित निवासमा पुगेको छ। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी टोली उहाँलाई पक्राउ गर्न घरमै गएको हो ।तर मोबाइल फोन बन्द गरेर घरमै बसेका पाठकलाई...