पल, क्षण, निमेष, सेकेन्ड, मिनेट, घन्टा, दिन, रात, हप्ता, महिना र वर्ष हुँदै क्रमशः तपाईं हाम्रो याने कि हामी सबै सबैको जीवनबाट २०७७ साल सदाका लागि विदा भएर गएको छ । जीवनमा छुट्टिनु जतिको बेमज्जा र भेट जतिको मज्जा केही हुँदैन । जीवन नै मिलन र विछोडमा बाँधिएको हुन्छ ।
कथा होस् कि नाटक, उपन्यास होस् कि खण्डकाव्य जहाँ पनि र जुन परिस्थितिमा पनि मिलनलाई मन पराउने पाठक र भावकहरू धेरै पाएको छु मैले । अनि विछोडलाई चिसा परेला बनाएर चुकचुकाउँदै पुस्तक पढी सिध्याएको देखेको छु भलिँभाँती मैले ।
हरेक वर्षहरू हामी सिक्ने र सिकाउनेका लागि पुस्तक समान हुन । भएका पनि छन् । हामीले हाम्रो जीवनमा आएर हामीलाई एकएकओटा दुःखसुखका कुराहरू सिकाएर जाने यी विक्रम सम्वत्का वर्षहरूबाट केही न केही सिकिरहेका हुन्छौं । केही न केही हामीभन्दा नजान्नेहरूलाई सिकाइरहेका हुन्छौं ।
जीवनमा सिक्ने अभिलाषा मात्र हुनुपर्छ सिक्ने स्थान र समयको खाँचो छैन । हामीले यो माहोलमा भन्नै पर्छ हामीबाट विदावादी भएर जाने तर्खर गर्न लागेको २०७७ ले पनि हामीलाई धेरै कुरा सिकाएर जान लागेको छ ।
यो वर्षमा हामी जीवन र मरणको अत्यासमा रह्यौं । केही नेपालीहरू र विश्वका धेरै मानिसहरूले आफ्नो इहलीला कोरोना भाइरसका कारणबाट समाप्त गरे । अझै यो असत्ती रोगको दोस्रो लहर विश्वमा फेरि ह्वात्तह्वात्त गरेर बढ्न खोज्दै छ । यसैगरी बढिरह्यो भने फेरि हामी नेपालीहरूले पनि लकडाउन सिजन टु भनेर हाम्रा जीवनमा सकसपूर्ण नियति झेल्न बाध्य हुनु पर्ने छ ।
यतिखेर स्वास्थ्य मन्त्रालयले सरकारलाई विद्यालय, क्याम्पस, सिनेमाहल र भीडभाड हुने मेलाजात्रा एवम् अन्य प्रकारका पेसा तथा व्यवसायका क्षेत्रलाई लकडाउन गर्नका लागि सिफारिस गरिसकेको छ । फेरि विद्यार्थीहरू, अभिभावकहरू ,शिक्षकहरू, प्रशिक्षकहरू, प्राध्यापकहरू र सम्बन्धित सो क्षेत्रका सरोकारवालाहरू आत्तिने स्थिति आउन लागेको छ ।
अध्यात्मले सपाट भाषामा भन्छ – संसारमा पाप धेरै भयो । संसारमा व्यभिचार धेरै भयो । संसारमा मारकाट र हत्या हिँसा पनि धेरै भयो । यसरी विकृति र विसंगति धेरै भएका क्षेत्रहरूमा हेर्ने हो भने हामीले यस्ता रोगहरू, समस्याहरू, मानव जीवनमाथि आइपरेका तमाम बाधा÷व्यवधानहरू र दुर्दिनहरूलाई केही पनि होइन भनेर भन्न सक्छौं ।
संसारमा यति धेरै प्रदुषण भैसक्या छ कि त्यसको हिसाब र फेहरिस्त पल्टाएर सकिँदैन । आकाशमा ध्वनि प्रदुषण छ । जमिनमा माटो प्रदुषण छ । समुद्रमा जल प्रदुषण छ । अन्तरिक्षमा धूलो र धूँवाको प्रदुषण छ । जताततै प्रदुषणै प्रदुषण छ ।
सबै भन्दा चकित पार्ने कुरा त यहाँ व्यक्तिमा प्रदुषण छ । घरमा । परिवारमा । समाजमा । टोलाखोलामा । गाउँ÷नगर÷उपमहानगर÷महानगर र समग्र देशमा प्रदुषण छ । प्रदुषण नभएको क्षेत्र नै छैन । शिक्षामा हे¥यो रुन मन लाग्छ । स्वास्थ्यमा हे¥यो बौलाउन मन लाग्छ । सञ्चारमा हे¥यो धुताउन मन लाग्छ । देशमा हे¥यो आकाशतिर हेरेर मौन बस्न मन लाग्छ । किन यसो भयो ? कोही कसैले चित्त बुझ्दो उत्तर दिन सक्ने हुति, ह्याउ र हैसियत नै बनाएको छैन ।
देशलाई लिड गर्ने हौं भनेका राजनीतिक पार्टीका नेताहरू रुझेका मुसोजस्ता भएका छन् । अहिले त ती घिसिपिटी जसरीतसरी आफ्नो राजनीति र पार्टीको राजनीति चलाइरहेका छन् तर के तिनीहरूलाई आउने चुनावमा जनतासँग जाने राजनीतिक सामलखाजा र विचारका पोका पुन्तुराहरू छन् त ?
गम खाएर भन्ने हो भने, कसैको पक्ष या विपक्ष नलिइकन भन्ने हो भनै अहँ छैन । पहिले जुटेर भएको नेकपा अहिले फुटेर एकातिर एमाले भई रमाएको र अर्कोतिर माओवादी केन्द्र भई सर्माएको दुवै पार्टीहरू पनि आफूआफूमा सन्तुष्ट छैनन् । काँग्रेस त अझ काँग्रेस नै भैदियो । उसको न अहिले कुनै राजनीतिक मुद्दा छ न कुनै सामाजिक एजेन्डा नै । उसको चाल यतिखेर न हाँसको जस्तो भएको छ न कुखुराको जस्तो ।
बाँकी ससाना जसपा, संयुक्त जनमोर्चा र विवेकशील साझाहरूलाई त झन जनतामा कसरी जाने कसरी संगठन गर्ने भन्ने कला नै थाहा नभएको जस्तो देखियो । पाँच वर्षजति भयो नेपाली युवाहरूले विवेकशील र साझाजस्ता पार्टीहरूका नाम सुनेको ।
भारतमा पनि अहिले सत्तासीन भएको भारतीय जनता पार्टी शुरुमा एन्जिओ थियो जसले आफूलाई अति हिन्दूवादी पार्टीका रुपमा आजभन्दा बीस वर्षअघि राजनीतिमा उभ्याउँदा र चुनावमा जाँदा केन्द्रीय चुनावमा जम्मा ३ सिट जितेको थियो तर त्यसले यसरी भारतभरि जमेर संगठन ग¥यो कि अहिले त्यो दुई दुई कार्यकाल बहुमतमा सारा भारतभरि शासन गरिरहेको छ । यद्यपि त्यसको पनि यो कोरोना कालले राजनीतिलाई तल झारीदिएको अवस्था छ ।
भारतमा यो वर्ष भएका किसान आन्दोलन, बौद्धिक वर्ग र खासगरी गैर हिन्दूहरूमाथि भएका आक्रमणहरू र वैचारिक सफायाका घटनाहरूले भारतमै पनि लोकतन्त्रका पक्षधरहरू र उदार लोकतन्त्रका हिमायतिहरूले मोदी सरकारलाई एकप्रकारले कठोर शासकका रुपमा चित्रित गरेका छन् । यसरी हेर्ने हो भने भारतमा पनि कोरोनाले गर्दा अर्थतन्त्र क्रमशः ओरालो लाग्दै गरेको अवस्था छ ।
आवादी धेरै ठूलो छ त्यहाँ बदलामा उत्पादनका क्षेत्रहरू क्रमशः कोरोना, व्यापारिक मन्दी र चीन र अमेरिकाजस्ता देशहरूसँग प्रतिस्पर्धात्मक बजारमा जान नसक्नाले गर्दा भारतमा पनि धेरै राजनीतिक साउण्ड अहिलेको सरकारको विरोधमा नै आउन थालेको छ ।
नेपालको अवस्था झन्झन् बिग्रिँदै गएको छ । ओलीले आफ्नो ३ वर्षअघिदेखिको राजनीतिक शाख, कल्पनाशील शासकको छवि र केही गर्छ दुई तिहाईको सरकारले भन्ने धारणा सबै पानीमा बगाएको अवस्था अहिले विद्यमान् छ ।
अब उनी एमालेको अध्यक्षका नाताले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेजस्ता भोलिका सत्ताका नायकहरूलाई आफूलाई असहयोग र आफ्नो विरोध गरेका आरोपमा खोजीखोजी कारबाही गर्न थालेका छन् । विगत्मा उन्ने भन्ने गरेको पानी जहाज, चुच्चे रेल, मोनो रेल, मेट्रो रेल र अनेक खालका उडन्ते सपनाहरू सबैले हावा खाए ।
उनले नेपाली काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका शासन कालमा शुरु भएको मेलाम्ची खानेपानीलाई मूर्त रुप दिए तर उद्घाटन समारोहमा कृपण गरेर कृष्णप्रसाद भट्टराईलाई सम्झने काम पनि गरेनन् । किन गरेनन् भने उनलाई के विश्वास छैन भने उनीपछि उनले थालनी गरेका राम्रा कामहरू पछिपछिका शासकहरूका पालामा सम्पन्न भए भने पनि तिनीहरूले मलाई सम्झने छैनन् भने मैले नाथे मरेकाहरूलाई किन सम्झने भनेर भनेको पनि हुन सक्छ ।
नेपालीहरूको एउटा गलत संस्कार माथिदेखि तलसम्म हावी भएको छ त्यो के भने मैले गरेको हो । म राम्रो हो । मैले चाहे भने विकास चुट्कीका भरमा गर्न सक्छु । मैले चाहिन भनेचाहिँ जनता पूरै उल्टिएर सडकमा आए पनि माथापच्ची गरेर नारा जुलुस गरे पनि र टाउकै फोडे पनि केही हुनेवाला छैन । जे छु म पदमा हँुदा छु । पद मैले नमरुन्जेलसम्म पाएको बाउको सम्पत्ति हो । ससुरालीबाट पाएको दाइजो हो । माइती मावलीबाट मिलेको पेवा हो । बाँकी सब दर्शन तराई ताइचेन चिउरा हुन् तिनीहरूलाई राजनीतिक सितन मिलाएर चबाए पनि हुन्छ सक्नेले त तेसै चबाए हुन्छ ।
यो देश पहिले पनि यसैगरी चलेको थियो । अहिले पनि यसैगरी चलेको छ र भोलि पनि यसैगरी चलिरहने छ । मात्र घडी, घन्टा, तिथि, नक्षत्र, महिना, ऋतु र साल फेरिने हुन् । यहाँका हुँदा खाने र हुने खाने कसैको पनि मति र गति फेरिएको छैन । उही ताल, हाल र चालमा ती सुस्तसुस्त गतिमा अघि बढिरहेका छन् ।
चाहे विक्रम सम्वत् २०७७ फेरिएर २०७८ सालको पदार्पण होस् या इस्वी सम्वत् २०२० तुरिएर २०२१ को थालनी होस् । युवा पुस्ताले त्यसै यस्तो राम्रो र गतिलो सम्भावना बोकेको देशलाई चटक्कै छाडेर बाहिर गएका हुन् । तिनीहरु किन यसरी बाहिर गइरहेका छन् छ कसैले स्वट एनालाइसिस गरेको ? छ कसैले अनुसन्धान गरेर खोजेको ? पत्ता लगाएको छ त ब्रेन ड्रेनको औषधि ?
अजब नेपाल गजब चाला भनेको यही हो । विगत्को एक वर्षको राजनीतिक, सामाजिक, आर्थिक, संसदीय, शैक्षिक, स्वास्थ्य, विकास निर्माण, धनीमानी, गरिबगुरुवा, सुकिलामुकिला, हुनेखाने र हुँदा खानेहरूको दैनिकीलाई विश्लेषण गर्ने हो भने नेपालीहरूका हकमा अकल्पनीय दुःख भोग्नु परको साल बनेको थियो । अब त्यस्तो कहिल्यै नहोस् भन्ने कामनाका साथ अहिलेलाई बाईबाई २०७७ र हाई २०७८ भनी विदाइ र स्वागत् दुवै गर्न चाहन्छु ।
ड्ड
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...








