बैदेशिक रोजगारीवाट फर्किएका युवा गाईपालनमा

Written by meropradesh creator

१८ चैत्र २०७७, बुधबार

रामेछाप । धेरै कमाई हुने आशामा वैदेशिक रोजगारीका लागि केही वर्षअघि मलेसिया पुगेका लिखु गाउँपालीका वडा नं ६ खिम्तीका विदुर दाहाल बैदेशिक रोजगारीवाट फर्किएर आफ्नै गाउँमा गाईपालन व्यवसायको शुरुवात गरेका छन् ।
धेरै कमाई हुने भन्दै आफुसँगैका साथीहरु गाउँघरवाट वैदेशिक रोजगारीमा गएसँगै आफुहरुलाई पनि साथीहरुको जस्तै धेरै कमाउन इच्छा जागेर आएपछि केही वर्षअघि विदुर पनि धेरै पैसा कमाउने अभिलासा लिएर मलेसिया तर्फ गएका थिए । पहिलो पटक मलेसिया पुगेका विदुरले गाडी चलाउने काम पाए र त्यहीँ काम शुरुवात गरे ।
उनी नेपालवाट मलेसिया पुग्दा जुन मेनपावर मार्फत गएका थिए त्यो मेनपावरले पहिले दिने भनिएको काम भन्दा फरक काम दिएपछि उनी झनै तनाव लिन पुगे । वल्लवल्ल धेरै पैसा लगानी लगाएर रोजगारीको लागि आएपछि केही त कमाएर फर्कने अठोटका साथ काममा लागेका विदुरले सोचेजती कमाउन सकेनन् । उनले दैनिक २० घण्टासम्म काम गर्दा पनि आफुले चित्त वुझ्दो पैसा कमाउन नसकेपछि आफ्ना घरपरिवारको सल्लाह वमोजीम ३ वर्षपछि आफ्नै देश नेपाल फर्किएर आएका हुन् ।
वैदेशिक रोजगारीवाट फर्किएर आएसँगै उनले आफ्नै घरमा गाईपालन व्यवसाय शुरुवात गर्ने काम गरेका छन् । उनले ५ वटा जर्सी गाई खरिद गरेर व्यवसाय शुरुवात गरेका हुन् । अहिले उनले पालेको गाइको दुध दैनिक १ सय लिटर विक्रीवितरण गर्दै आएका छन् । दैनिक १ सय लिटर दुध स्थानिय वजारमा विक्री गर्दा मासिक १ लाख ४४ हजार रुपैयाँ सहजै कमाउँदै आएको बिदुर दाहालले जानकारी दिए ।
उनले भने– अर्काको देशमा बसेर दैनिक २० घण्टा काम गर्दा पनि आफुले सोचेजती कमाई नभएपछि आफ्दै देशमा केही गरौ भन्ने भावना आएर आफु नेपाल फर्किएको हुँ । वास्तवमै म विदेश नगएको भए यो गाइपालन पेश गर्ने थिइन । विदेशमा अरुले गरेको दुःख र आफुले पनि गरेपछि वल्ल आफुलाई दुःख थाहा भयो र यो पेशा शुरुवात गरेको दाहालले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

रामेछाप, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो।  दिवंगत श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म...