रामेछाप । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतवार (आज) देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ ।
आइतवार बिहान देखी बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा बिहान देखी हल्का वर्षा भइरहेको र अन्य प्रदेशमा पनि बिहानैदेखी मौसममा आंशिक देखी सामान्य रुपमा बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम विभागका अनुसार आज देशभरका धेरै जिल्लाहरुमा मेघ गर्जन सहित वर्षा र चट्याङ पर्ने सम्भावना रहेको जनाएको छ ।
त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हिमपात हुने र राती देखी देशभर मौसममा आशिंकदेखी सामान्य बदली रहने छ । बागमती र प्रदेश १ का थोरै स्थानहरु तथा बाँकी अन्य प्रदेशका एक÷दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षा हुनुको साथै चट्याङ समेत पर्ने पनि जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।