बागमती प्रदेशमा प्रहरी अभाव

Written by meropradesh creator

११ बैशाख २०७८, शनिबार

रामेछाप । बागमती प्रदेशमा प्रहरीको अभाभ भएको बागमती प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले जानकारी दिए । पत्रकार सम्मेलन मार्फत बागमती प्रदेशमा ७ हजार ९ सय ८० जनाको दरबन्दी भएपनि ५ हजार १ सय ७९ जना मात्रै प्रहरी जनशक्ति कार्यरत रहेको बताईएको छ ।
विश्वव्यापी मान्यता अनुसार १ जना प्रहरी बराबर ३ सय ७७ जना नागरिक हुनुपर्ने नियम भएपनि बागमती प्रदेशमा ५ सय ८२ जना नागरीक बराबर १ जना प्रहरी भएको तथ्यांक रहेको छ । पत्रकार सम्मेलनमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक लामाले प्रदेश प्रहरीले गरेका काम तथा कार्य सम्पादन पछिको सकारात्मक प्रभाव र चुनौतिका बारेमा समेत जानकारी दिएका छन् ।
सम्मेलनमा बागमती प्रदेश प्रहरीले प्रहरीको आचरण शुद्धिकरण गराउने अभियान सञ्चालन गरिरहेको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिएका थिए । अभियानपछि प्रहरी आचरण विरुद्ध जाने २८ जना प्रहरी कर्मचारी कार्वाहीमा परेको र ३० जनालाई पुरस्कृत गरिएको बताईएको छ ।
प्रदेश प्रहरीले विभिन्न बहानामा प्रहरीलाई घुस दिन खोज्ने १ हजार ८ सय ७० जनालाई पक्राऊ गरेको छ, त्यस्तै प्रत्येक महिना १६ जना प्रहरीलाई उत्कृष्ट प्रहरी छनौट कार्यविधि अनुसार पुरस्कृत गरिदै आएको बताईएको छ ।
चालु आर्थिक वर्ष २०७७ वैशाखदेखि चैतसम्ममा बागमती प्रदेश प्रहरी कार्यालयले लागूऔषध मुद्दामा ४ सय ७ जनालाई पक्राऊ गरेको र प्रदेशमा यस अवधिमा १५ दशमलब शुन्य ७ प्रतिशतले लागूऔषध उत्पादनमा कमी आएको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिएका छन् । बागमती प्रदेशमा ३ सय ३३ प्रहरी इकाई रहेकोमा १ सय ८८ इकाईको आफ्नो भवन नै नरहेको बताईएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...