बागमती प्रदेशमा प्रहरी अभाव

Written by meropradesh creator

११ बैशाख २०७८, शनिबार

रामेछाप । बागमती प्रदेशमा प्रहरीको अभाभ भएको बागमती प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले जानकारी दिए । पत्रकार सम्मेलन मार्फत बागमती प्रदेशमा ७ हजार ९ सय ८० जनाको दरबन्दी भएपनि ५ हजार १ सय ७९ जना मात्रै प्रहरी जनशक्ति कार्यरत रहेको बताईएको छ ।
विश्वव्यापी मान्यता अनुसार १ जना प्रहरी बराबर ३ सय ७७ जना नागरिक हुनुपर्ने नियम भएपनि बागमती प्रदेशमा ५ सय ८२ जना नागरीक बराबर १ जना प्रहरी भएको तथ्यांक रहेको छ । पत्रकार सम्मेलनमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक लामाले प्रदेश प्रहरीले गरेका काम तथा कार्य सम्पादन पछिको सकारात्मक प्रभाव र चुनौतिका बारेमा समेत जानकारी दिएका छन् ।
सम्मेलनमा बागमती प्रदेश प्रहरीले प्रहरीको आचरण शुद्धिकरण गराउने अभियान सञ्चालन गरिरहेको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिएका थिए । अभियानपछि प्रहरी आचरण विरुद्ध जाने २८ जना प्रहरी कर्मचारी कार्वाहीमा परेको र ३० जनालाई पुरस्कृत गरिएको बताईएको छ ।
प्रदेश प्रहरीले विभिन्न बहानामा प्रहरीलाई घुस दिन खोज्ने १ हजार ८ सय ७० जनालाई पक्राऊ गरेको छ, त्यस्तै प्रत्येक महिना १६ जना प्रहरीलाई उत्कृष्ट प्रहरी छनौट कार्यविधि अनुसार पुरस्कृत गरिदै आएको बताईएको छ ।
चालु आर्थिक वर्ष २०७७ वैशाखदेखि चैतसम्ममा बागमती प्रदेश प्रहरी कार्यालयले लागूऔषध मुद्दामा ४ सय ७ जनालाई पक्राऊ गरेको र प्रदेशमा यस अवधिमा १५ दशमलब शुन्य ७ प्रतिशतले लागूऔषध उत्पादनमा कमी आएको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिएका छन् । बागमती प्रदेशमा ३ सय ३३ प्रहरी इकाई रहेकोमा १ सय ८८ इकाईको आफ्नो भवन नै नरहेको बताईएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...