रामेछाप । बागमती प्रदेशमा डेंगुको सङ्क्रमित ठुलो सङ्ख्यामा फेला परेको छ । गर्मी बढे सँगै प्रदेश भित्र ४ सय ८२ जना डेंगु सङ्क्रमित फेला परेका छन् । देशभर १ हजार ४ सय ३२ सङ्क्रमित फेला परेका थिए त्यस मध्ये बागमतीमा मात्रै सो सङ्ख्यामा डेंगु सङ्क्रमित फेला परेका हुन् ।
उक्त तथ्याङ्क इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको हो ।यसै गरी, कोसी प्रदेशमा ३ सय ५० जना, गण्डकीमा २१२ जना, लुम्बिनी प्रदेशमा १७१ जना, सुदूरपश्चिममा १५९, मधेसमा ३८ र कर्णालीमा २० जनामा डेंगु सङ्क्रमित भेटिएका छन् ।
देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सो तथ्याङ्क सन् २०२४ को जनवरीदेखि जुलाई सम्मको हो ।