रामेछाप । बागमती प्रदेश सरकारले एक साताको अबधिमा ७१ हजार ९ सय ८७ पशुलाई लम्पी स्कीन रोगविरुद्धको खोल लगाइएको छ । साताव्यापी खोप अभियान अन्तरगत प्रदेशमा ७१ हजार ९ सय ८७ पशुलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गत साउन २४ गतेदेखि साउन ३३ गतेसम्म संचालन गरेको पशुपन्छी विकास महाशाखाका पशु सेवा अधिकृत डा. सन्तोष अधिकारीले जानकारी दिए ।
सो अवधिमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको छ । चितवनमा १० हजार २ सय १९ काठमाडौंमा ५ हजार १ सय ३६, ललितपुरमा २ हजार १ सय ४५, भक्तपुरमा ६ सय ९४, धादिङमा ७ हजार ४ सय ९२, काभ्रेपलाञ्चोकमा ८ हजार ५ सय १३, नुवाकोटमा ८ हजार ४८, रसुवामा ४ हजार ४ सय १०, सिन्धुलीमा ५ हजार ४ सय ३७, रामेछापमा ४ हजार २ सय ३२, दोलखामा ७ हजार २ सय ८७, सिन्धुपाल्चोकमा १३ सय २, र मकवानपुरमा ७ हजार १२ वटा पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाएको पशु सेवा अधिकृत डो अधिकारीले बताएका छन् ।