रामेछाप । बागमती प्रदेश भित्र रहेर पत्रकारीता गर्ने पत्रकारहरुको बागमती प्रदेश सरकारले सामुहिक बिमा गरिदिएका छन् । बागमती प्रदेश भित्रका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारहरुको पत्रकार महासंग बागमती प्रदेश सरकारको सक्रियतामा बिमा गरिएको पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देबकोटाले जानकारी दिए । अध्यक्ष देवकोटाले भने प्रदेशभरका पत्रकारलाई सामूहिक दुर्घटना बिमा गरिदिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकारहरुको महासंघको सक्रियतामा सामूहिक बिमा गरिदिएको हो ।
मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लि.मार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाको दुर्घटना बीमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए । कार्कीका अनुसार, ६३ करोड ४० लाख रुपैया बराबरको बीमा गरिएको हो ।
चैत्र ५ बाट लागू हुने बिमालेखा अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैयाँ र दुर्घटना भएको खण्डमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने बीमा कम्पनीलाई उद्धृत गर्दै कार्कीले जानकारी दिए ।