बागेश्वरी क्लबको अध्यक्षमा–श्रेष्ठ

Written by meropradesh creator

१२ चैत्र २०७७, बिहीबार

रामेछाप । बागेश्वरी अशलशासन क्लब (बास) को बुधवार मन्थलीमा भएको दोश्रो जिल्ला अधिवेशनले संचारकर्मी युवराज श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । अध्यक्ष पदमा निर्वाचित श्रेष्ठ रामेछापमा सक्रिय रुपमा पत्रकारीता क्षेत्रमा काम गर्दै आएका छन् ।
समितिको उपाध्यक्षमा एलिना लामा, सचिवमा यादव केसी, सस–सचिवमा मिलन विक र कोषाध्यक्षमा विपना थापा निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी सोही भेलाले समितिका सदस्यहरुमा क्रमशः शुष्मा भण्डारी, सविना कार्की, निरमाया तोलाङ्गे, आरती खड्का, दिपा महत, अनिता थापामगर, सन्तोष खत्री र विमल पौडेललाई निर्विरोध सदस्य पदमा चुनिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं बागेश्वरी अशलशासन क्लवका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले जिल्लामा हुने विभिन्न किसिमका अनियमितता, सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवामा झन्झटीलो र विभिन्न निकायहरुमा हुने भ्रष्ट्राचारलाई रोक्न रामेछापमा गठित नयाँ समितिले भव्य र सभ्य रुपमा वकालत गर्न सक्ने सक्षम टिम गठन भएको भन्दै सबै नवगठित समितिका पदाधिकारीहरुलाई धन्यवाद समेत दिए ।
कार्यक्रम बागेश्वरी अशलशासन क्लब रामेछापका जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षता तथा प्रमुख अतिथि बासका केन्द्रिय अध्यक्ष रमेश सिटौलाको उपस्थितीमा भएको उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएका व्यक्तिहरु, जिल्ला स्थित संचारकर्मीहरु लगाएतको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...