बागेश्वरी क्लबको अध्यक्षमा–श्रेष्ठ

Written by meropradesh creator

१२ चैत्र २०७७, बिहीबार

रामेछाप । बागेश्वरी अशलशासन क्लब (बास) को बुधवार मन्थलीमा भएको दोश्रो जिल्ला अधिवेशनले संचारकर्मी युवराज श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । अध्यक्ष पदमा निर्वाचित श्रेष्ठ रामेछापमा सक्रिय रुपमा पत्रकारीता क्षेत्रमा काम गर्दै आएका छन् ।
समितिको उपाध्यक्षमा एलिना लामा, सचिवमा यादव केसी, सस–सचिवमा मिलन विक र कोषाध्यक्षमा विपना थापा निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी सोही भेलाले समितिका सदस्यहरुमा क्रमशः शुष्मा भण्डारी, सविना कार्की, निरमाया तोलाङ्गे, आरती खड्का, दिपा महत, अनिता थापामगर, सन्तोष खत्री र विमल पौडेललाई निर्विरोध सदस्य पदमा चुनिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं बागेश्वरी अशलशासन क्लवका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले जिल्लामा हुने विभिन्न किसिमका अनियमितता, सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवामा झन्झटीलो र विभिन्न निकायहरुमा हुने भ्रष्ट्राचारलाई रोक्न रामेछापमा गठित नयाँ समितिले भव्य र सभ्य रुपमा वकालत गर्न सक्ने सक्षम टिम गठन भएको भन्दै सबै नवगठित समितिका पदाधिकारीहरुलाई धन्यवाद समेत दिए ।
कार्यक्रम बागेश्वरी अशलशासन क्लब रामेछापका जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षता तथा प्रमुख अतिथि बासका केन्द्रिय अध्यक्ष रमेश सिटौलाको उपस्थितीमा भएको उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएका व्यक्तिहरु, जिल्ला स्थित संचारकर्मीहरु लगाएतको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...