बाढी पहिरोमा परेका घाइतेको अवस्था बुझ्न स्वास्थ्य मन्त्री पौडेल धुलिखेल अस्पताल

रामेछाप । अविरल वर्षा सँगै यही असोज १२ गते आएको बाढी पहिरो बाट घाइते भएका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले धुलिखेल आएका छन् । स्वास्थ्य मन्त्री पौडेलले धुलिखेल अस्पताल आएर उपचाररतहरूको घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शनिवार दिउसो अस्पताल आएका मन्त्री पौडेलले बाढी पहिरोमा परेर धुलिखेल अस्पतालमा उपचाररत घाइते र आफन्त भेटेर उपचार र व्यवस्थापनबारे जानकारी लिएका हुन् । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्य, डा. राजेन्द्र कोजू लगायतले उपचाररत घाइतेको अवस्था र अस्पतालले गरिरहेको प्रयासबारे जानकारी गराएका थिए ।

मन्त्री पौडेलले घाइतेहरूको अवस्था बुझ्न र उपचार कसरी व्यवस्थित गराउन सकिन्छ भन्ने चासोका साथ अस्पताल आएको बताएका छन् । उनले बाढी र पहिरोमा परेर घाइते सबैको उपचार निःशुल्क गर्ने सरकारले निर्णय गरेको भन्दै उपचारको कुनै समस्या नभएकोले चिन्ता नलिन घाइते र घाइतेका आफन्तलाई आग्रह गरेका छन्  । विपद्पछि हुन सक्ने स्वास्थ्यजन्य महामारीको बारेमा सरकार सचेत भएको भन्दै त्यसको तयारी गर्न निर्देशन समेत दिएका छन्  । विपद्को समयमा धुलिखेल अस्पतालले पुर्‍याएको सेवाको प्रशंसा गर्दै मन्त्री पौडेलले सबैलाई साथमा लिएर अझै उत्कृष्ट सेवा दिन अनुरोध गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...