रामेछाप । वर्षा र बाढीका कारण शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानबाट खुलेको छ ।
शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्ग भक्तपुर सडक डिभिजन कार्यालयसँग समन्वय गरेर आइतबार बिहानबाट दुईतर्फी खुलाइएको प्रहरीले जनाएके छ ।
रोशी खोलाको बाढीले करिब साढे ५ किलोमिटर अस्थायी डाइभर्सन बगाएको थियो । बगाएका स्थानमा पुन: अस्थायी डाइभर्सन बनाइएको छ । यात्रामा साबधानि अपनाउन प्रहरी सवैलाइ अनुरेध गरेके छ ।









