अविश्वासको प्रस्ताव स्वीकृत नहुने मुख्यमन्त्री पौडेलको दावी

Written by meropradesh creator

२५ माघ २०७७, आईतवार

रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आफूलाई मुख्यमन्त्रीबाट हटाउन दर्ता गरिएको अविश्वासको प्रस्ताव स्वीकृत नहुने दावी गरेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्खामा निर्माण भएको एकिकृत बस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले जनताको पक्षमा राम्रो काम गरेको देखेर आफ्नो नेतृत्वमा रहेको सरकार हटाउने अभियानमा लागेका समूह सफल नहुने दावी गरेका छन् ।
मुख्यमन्त्री पौडेलले बागमती प्रदेशको संसदिय दलको नेता चयन हुँदा देखि अष्टलक्ष्मी साक्य आफ्नो विरुद्ध विभिन्न षड्यान्त्रहरु रचन सुरु गरेको भन्दै अहिले मात्रै हैन यस अघि देखि नै सधैभरी अविश्वासको प्रस्तावको ल्याउने धम्की दिदै हिडेको बताए ।
रामेछाप जिल्लामा पहिलो पटक निर्माण भएको एकीकृत नमूना बस्तीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गरेका छन् । खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डफ्काको माझी गाउँमा निर्माण सम्पन्न एकीकृत नमुना बस्तीको उनले उदघाटन गरेका हुन्


वस्ती उदघाटन गर्दै मुख्यमन्त्री पौडेलले जनताको सुरक्षित आवासका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास, जनता आवास, खरको छानो मुक्त कार्यक्रम मार्फत काम गरीरहेको बताए । उनले प्रदेश सरकार आवास विहीन नागरिकहरुलाई व्यवस्थित रूपमा समाजमा स्थापित गराउन हरदम लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमुनाबस्ती बनेको हो । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, बागमती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामाको पहलमा रामेछापमा पहिलो नमूना बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले एकीकृत पर्यटकीय बस्ती निर्माणसँगै डब्खाका सीमान्कृत माझी समुदायको जीवनस्तर उकास्न सहयोग पुग्ने बताए । उनले एकीकृत बस्तीमा होमस्टे सञ्चालन गरेर आर्थिक उपार्जन गर्न सकिने बताउदै एकीकृत वस्ती विकासको अवधारणलाई आगामी दिनमा जोड दिनुपर्ने बताए ।
बस्ती निर्माणका लागि गाउँपालिकाले ७५ लाख र बागमती प्रदेश सरकारले डेढ करोड विनियोजन गरेको थियो । खाँडदेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जिल्लामै पहिलो एकीकृत नमूना बस्ती निर्माण हुनु खुसीको विषय भएको बताए । एकीकृत वस्तीमा ४२ वटा घर निर्माण गरिएको छ ।
तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएपनि लकडाउनको कारण काम केही प्रभावित हुँदा निर्माणको समय लम्बिएको थियो । निर्माणाधिन मध्यपहाडी मार्गका कारण सुनकोसी किनारको माझी बस्तीको आर्थिक उन्नतिको आधार तयार हुने विश्वास गाउँपालिकाले लिएको छ ।
खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले नमूना बस्तीलाई माझी संस्कृतिको पर्यटकीय थलोको रुपमा विकास गर्ने योजना रहेको बताए । एकीकृत बस्तीमा हाल ४२ वटा २ कोठे घर निर्माण भएका छन् । बस्ती निर्माणको लागि स्थानीय माझी समुदायले २६ रोपनी जग्गा उपलब्ध गराएका थिए ।
बस्तीभित्र ४२ वटा घरहरुका साथै चिल्डेनपार्क, टावर,सभा हल, स्विमिङ पुल लगायतका पूर्वाधार निर्माण हुनेछ । एकीकृत वस्तीमा सामुदायिक भवन, खेल मैदान लगायतका संरचना समेत रहेको छ । गाउँपालिकाले एकीकृत वस्तीलाई होमस्टेको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...