रामेछाप ४ असार । मन्थली माविले आफना विद्यार्थिका अविभावकहरु संग अन्र्तर क्रिया गरेको छ । विद्यार्थि,शिक्षक र अविभावक विचको त्रीकोणात्मक सम्बन्धलाई अरु सुमुधुर बनाई विद्यालयको पठन पाठनलाई कसरी थप मजबुत बनाउन सकिन्छ भन्ने उदेश्यले आज उसले कक्षा १० मा अध्ययनरत विद्यार्थिका अविभावकहरुलाई बोलाएर अन्तरक्रिया गरेको हो ।
विद्यालय ब्यवस्थापन समिति र विद्यालय प्रशासनले पारदर्शिता र शुसासनको माध्यमबाट विद्यालयको शैक्षिक गुणस्तरको अबस्थालाई अरु कसिलो बनाउनुका साथै शिक्षक र विद्यार्थिहरुको कमिकम्जोरी भए त्यसलाई पनि दुर गराउने मुख्य उदेश्यका साथ अन्र्तक्रियाको आयोजना गरिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्याम सुवेदीले जानकारी दिए ।
अधिकाँश कक्षा शिक्षक समेतलाई उपस्थिति गराएर गरिएको अविभावक भेलामा विद्यालयका प्रअ डा टंक दाहालले विद्यालयको बर्तमान शैक्षिक अबस्था र तिनका चुनौतिका बारेमा आफनो धारणा राखेका थिए । उनले पछिल्लो समयमा विद्यालय प्रति सामाजिक संजालहरुमा आएका निजि धारणा र विद्यालयले शैक्षिक शुधारका क्षेत्रमा गरेका प्रयत्नका बारेमा पनि खुुलेर आफनो धारणा राखेका थिए ।
उनले विद्यालय प्रशासनले विद्यालय ब्वस्थापन समितिले गरेको निर्णयबाट वनेको निति र विधीका आधारमा काम गर्दे आएकोले विद्यालयको पारदर्शितामा कुनै शंका नगर्न पनि आग्रह गरे । उनले त्यसमा पनि कसैलाई चासो र शंका लागेमा विद्यालयमा आएर आर्थिक तथा शैक्षिक लगाएतका विषयमा पनि जानकारी लिएर विद्यालय हात भित्र र बाहिरै भेटेर भएपनि सुभाmव दिन पनि अविभावकहरुलाई आग्रह गरे ।
विद्याय ब्यवस्थापन समितिका अध्यक्ष श्याम सुवेदील्ो विद्यालयलाई सामाजिक संजालमा बेला बेलामा आउने भ्रमपुर्ण अविब्यक्ति र अनावश्यक मुद्धा मामलाले बेला बेलामा वाक दिक लाग्नुका साथै त्यस खालका गतिविधिले विद्यालयको पठन पाठनमा समेत अवरोध पुर्याएको भन्दै त्यस खालका गलत अभिब्यक्ती विरुद्ध अविभाबकहरुबाट सकरात्मक सहयोगको अपेक्षा गरे । विद्यालय हात भित्र र प्रशासननिक निकाय भित्र कुनै समस्या देखिए त्यसको समाधानका लागि पनि विद्यालय तयार भएको भन्दै आफना बाल वच्चाहरुको शैक्षिक सुधार र भएका कमि कम्जोरीका बारे सुझाउन पनि अध्यक्ष सुवेदीले आग्रह गरे ।
पहिलो चरणमा कक्षा १० का विद्यार्थीहरुका अविभाबकालाई मात्र अन्तरक्रियामा आमन्त्रण गराएर उनिहरुको शैक्षिक अबस्था र सुधार गर्नु पर्न कुराहरु र थप कक्षाको आवश्यक्ता आदीका बारेमा पनि छलफल गरिएको थियो । विद्यालयले अन्य कक्षाको हकमा पनि अविभाबकहरु संग थप सुझाव सहितको अन्र्तक्रिया कार्यक्रम गर्दे जाने रणनिति अबल्मबन गरेको शिक्षक चन्द्र सिंह धामीले बताए ।
सो अबसरमा उनले विद्यालयको शैक्षिक गुणस्तर र अनुशासन कायम गर्नका लागि अविभाब शिक्षक र ब्यवस्थापन समितिले निर्वाह गर्नु पर्ने भुमिकाका बारेमा पनि पनि प्रश्टयाएका थिए । वडा नं ३ का वडा अध्यक्ष कृष्ण गोपाल थापा समेतको उपस्थितिमा भएको कार्यक्रमको संयोजन कक्षा शिक्षक टंक राज सुवेदीले गरेका थिए ।