अवैद्य चुरोट सहित दुई युवा पक्राउ

Written by meropradesh creator

८ माघ २०७९, आईतवार

रामेछाप । तराईका जिल्लाबाट राजश्व छली गरि अवैद्य तरिकाले लुकाईछिपाई रामेछाप भित्राइएको चुरोट सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

राजश्व छली गरि चुरोट रामेछाप भित्रयाउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले मन्थली नगरपालिका–६ सेलेघाट प्रहरी चौकीमा चेकजाँच गर्दा बा.प्र.०३००५ प ३७६६ र मधेश प.०२–०१३ प २५३१ नम्वरको मोटरसाइकलमा ल्याइएको एच १० नामक चुरोट १ सय ४४ पेटी र खुल्ला ३४ पेटी प्रहरीले बरामद गरेको हो ।

चुरोट सँगै प्रहरीले मोटरसाइकल सहित मकवानपुर जिल्ला हेटौडा उप–महानगरपालिका–१५ वस्ने वर्ष ३२ का राजकुमार लोप्चन र सोही गाउँका वर्ष २६ का कृष्णकुमार बर्णवाललाई पक्राउ गरि आवश्यक कारवाहीको लागि बरमाद सामान, मोटरसाइकल र चालक सहित राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सडक निमार्ण भएसँगै विभिन्न भाडा तथा निजी सवारीसाधनहरु तराईबाट सिधै रामेछापसम्म आउन थालेपछि छिमेकी मुलुक भारतवाट राजश्व छली गरि नेपाल भित्राइएका सामाग्रीहरु सिधै रामेछापसम्म आउन थालेका छन् । तराइका जिल्लाहुँदै ल्याइएका सामानहरु रामेछापको उत्तरी क्षेत्र गुम्देलसम्म पुग्ने गरेको छ । प्रहरीले चेकजाँचमा कडाई नगर्दा जिल्लामा भित्राइएका सामाग्रीहरु सस्तो पाउने भएपछि उपभोक्ताहरु त्यसतर्फ आर्कषित हुँदै आएका छन् । यता व्यवसाय दर्ता गरेर सरकारलाई राजश्व तिर्दै आएका व्यवसायीहरु भने मारमा पर्दै आएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...