अवैद्य चुरोट सहित दुई युवा पक्राउ

Written by meropradesh creator

८ माघ २०७९, आईतवार

रामेछाप । तराईका जिल्लाबाट राजश्व छली गरि अवैद्य तरिकाले लुकाईछिपाई रामेछाप भित्राइएको चुरोट सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

राजश्व छली गरि चुरोट रामेछाप भित्रयाउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले मन्थली नगरपालिका–६ सेलेघाट प्रहरी चौकीमा चेकजाँच गर्दा बा.प्र.०३००५ प ३७६६ र मधेश प.०२–०१३ प २५३१ नम्वरको मोटरसाइकलमा ल्याइएको एच १० नामक चुरोट १ सय ४४ पेटी र खुल्ला ३४ पेटी प्रहरीले बरामद गरेको हो ।

चुरोट सँगै प्रहरीले मोटरसाइकल सहित मकवानपुर जिल्ला हेटौडा उप–महानगरपालिका–१५ वस्ने वर्ष ३२ का राजकुमार लोप्चन र सोही गाउँका वर्ष २६ का कृष्णकुमार बर्णवाललाई पक्राउ गरि आवश्यक कारवाहीको लागि बरमाद सामान, मोटरसाइकल र चालक सहित राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सडक निमार्ण भएसँगै विभिन्न भाडा तथा निजी सवारीसाधनहरु तराईबाट सिधै रामेछापसम्म आउन थालेपछि छिमेकी मुलुक भारतवाट राजश्व छली गरि नेपाल भित्राइएका सामाग्रीहरु सिधै रामेछापसम्म आउन थालेका छन् । तराइका जिल्लाहुँदै ल्याइएका सामानहरु रामेछापको उत्तरी क्षेत्र गुम्देलसम्म पुग्ने गरेको छ । प्रहरीले चेकजाँचमा कडाई नगर्दा जिल्लामा भित्राइएका सामाग्रीहरु सस्तो पाउने भएपछि उपभोक्ताहरु त्यसतर्फ आर्कषित हुँदै आएका छन् । यता व्यवसाय दर्ता गरेर सरकारलाई राजश्व तिर्दै आएका व्यवसायीहरु भने मारमा पर्दै आएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज दिउँसो दुई बजे बस्दै छ । संसदीय दलको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ...

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

काठमाडौं । नक्कली कागजपत्र बनाउने कारखानामा प्रहरीले छापामार्दा तिन जना प्रक्राउ गरेका छन् । रसरकारी तथा बैंक वित्तिय संस्थाका काजातहरू कागजपत्र नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा गोरखाको भीमसेन थापा गाउँपालिका–१...

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

हेटौँडा । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले प्रदेश खेलकुद अवार्ड २०८२ आयोजना गर्ने भएको छ । खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।बिहीबार हेटौडामा...