अवैध लागूऔषध सहित ५ पक्राउ

Written by meropradesh creator

२८ माघ २०७७, बुधबार

काठमाडौं, अवैध लागू औषध सहित लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोमबार ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रित लागू औषध सहित ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–२८ बागबजार ठेगाना भएकी ४० वर्षीया कमला लामा, काठमाडौं महानगरपालिका–१२ टेकु बस्ने भारत बिहार ठेगाना भएका ३० वर्षीय गोविन्द पोद्दार, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ ठेगाना भएका ३२ वर्षीय मान बहादुर तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–८ ठेगाना भएका ३३ वर्षीय शुवाश श्रेष्ठ र तेमाल गाउँपालिका­६ ठेगाना भएकी ३६ वर्षीया सिता राना मगर रहेका छन् ।
पक्राउ परेकामध्ये लामाको साथबाट नियन्त्रित लागूऔषध ३२ एम्पुल बुप्रेनोर्फिन (नूफिन), ५० एम्पुल बुप्रेनोर्फिन (लुपिजेसिक), १ सय ९१ एम्पुल डाईजेपाम र नगद ४० हजार रुपैयाँ, पोद्दारको साथबाट नियन्त्रित लागूऔषध ११ एम्पुल बुप्रेनोर्फिन (नुफिन), १२ एम्पुल डाइजेपाम र ९ एम्पुल फेनारगन, तामाङको साथबाट नियन्त्रित लागूऔषध ५ एम्पुल डाइजेपाम, ५ एम्पुल बुप्रेनोर्फिन र ५ एम्पुल फेनारगन, श्रेष्ठको साथबाट नियन्त्रित लागूऔषध १ सय ८७ एम्पुल डाइजेपाम, २ सय ९ एम्पुल बुप्रेनोर्फिन, १ सय ४१ एम्पुल फेनारगन र नगद ५० हजार ५ सय रुपैयाँ र मगरको साथबाट नियन्त्रित लागूऔषध २६ एम्पुल बुप्रेनोर्फिन, २६ एम्पुल डाइजेपाम र २६ एम्पुल फेनारगन प्रहरीले बरामद गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका­१५ माछामण्डीबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद ८ हजार सहित दाङ गढवा गाउँपालिका(६ प्रगतिनगर बस्ने २२ वर्षीय आशिष पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त धुलो पदार्थ लिन पठाउने दाङ लमही नगरपालिका(५ बस्ने ३० वर्षीय दाम बहादुर पाण्डेलाई नगद ११ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर, बेलौरी नगरपालिका(६ सुतियाबाट २० ग्राम ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित भारत घर भएका ३२ वर्षीय सुच्चा सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथमा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका(१८ सालघारी बस्ने ४१ वर्षीय निराजन बडुलाई ४८ ग्राम अवैध लागूऔषध चरेश सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बडुको घरमा रहेको किराना पसलमा जाँच गर्दा उक्त चरेश फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बारा, कलैया उपमहानगरपालिका(७ बरेवाबाट करिब ८ केजी अवैध लागूऔषध गाँजा सहित सिम्रौनगढ नगरपालिका(७ खजानी टोल बस्ने २४ वर्षीय पप्पु कुशवाह समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको अन टेष्ट मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्दा उक्त गाँजा फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका(१३ मोहनपुर बस्ने ३२ वर्षीया मिना ऐरलाई ३ सय ग्राम अवैध लागूऔषध चरेश र ३४ ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मिना लागूऔषध कारोबारमा संलग्न रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

रामेछाप— नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । यसअघि कुल ६७ जना नेताहरुले उम्मेदवारी दर्ता गरे पनि अन्ततः सहमतिमै प्रतिनिधि छनोट टुंगो लागेको एमाले रामेछापले जनाएको छ ।खुला समूहमा दर्ता भएका ३४...

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान...

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।सभाबाट कुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । नेतृत्व चयनसँगै जेसिजले नयाँ ऊर्जा र योजनासहित आगामी वर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।नया कार्यकारिणीमा कार्यकारिणी...