अत्याधिक चिसोले टिफीनपछि विद्यालय खाली

Written by meropradesh creator

२९ पुष २०७७, बुधबार

रामेछाप । उच्च लेकाली भू–भागमा अत्याधिक मात्रामा हिमपातका कारण चिसो वढेसँगै त्यस क्षेत्रका विद्यालयमा अध्ययनरत वालवालिकाहरु विद्यालय समयमा नै कक्षाकोठा छाडेर भाग्दा कक्षा कोठा नै खाली हुन थालेका छन् ।
रामेछापको उच्च लेकाली भू–भागमा अत्याधिक मात्रामा चिसो वढेपछि त्यस क्षेत्रका विद्यालयहरुमा अध्ययनरत वालवालिकाहरुको दैनिक पठनपाठन कष्टकर पूर्ण वनेको हो । हिमाल नजिक परेका गुम्देल, वाम्ती, कुवुकास्थली, चुचुरे, ठोसे, रस्नालु, प्रिती, गौश्वारा, डडुवा र दोरम्वा लगाएतका क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत वालवालिकाहरु चिसोको कारण विद्यालय छाड्न वाध्य भएका हुन् ।
उच्च लेकाली भू–भागमा चिसोको समयमा वढी मात्रामा हिउँ र तुषारोकाकारण त्यस क्षेत्रका नागरिकहरुको दैनिकी प्रभावित बन्दै गएको छ । स्थानियहरु विहान वेलुकी घरवाहिर निस्कन समेत समस्या पर्ने गरेको छ । चिसो भएकै कारण विद्यालयमा अध्ययनरत वालवालिकाहरु विद्यालय आउनेको संख्यामा निकै गिरावट आएको महालंगुर माध्यमिक विद्यालय गुम्देलका शिक्षक टंक देवकोटाले जानकारी दिए ।
उनले भने– गर्मी मौसममा त ठिकै हो, अहिले चिसो मौसमयमा तुषारो र हिउँका कारण अत्याधिक मात्रामा चिसो वढेकाले विद्यालयमा आउने विद्यार्थीहरु निकै घटेका छन् । विद्यालयमा आउने वालवालिकाहरु पनि दिउँसो टिफीन पछि कक्षा कोठा छोड्दै भाग्ने गर्दा समयमा नै विद्यालय बन्दगर्ने गरिएको शिक्षक देवकोटाले वताए ।


अत्याधिक मात्रामा चिसो वढेसँगै विद्यालयमा अध्ययनरत वालवालिकाहरु विद्यालय भवनभित्र बस्दा हात कामेर पेन समाउन नसक्ने, चिसोका कारण साना वालवालिकाहरु काम्न थालेपछि गोकुलगंगा गाउँपालिका वडा नं–३ रस्नालुमा रहेको पूर्ण आधारभूत प्राथमिक विद्यालयले घाम लाग्ने ठाउँमा खुल्ला चउरमा राखेर वालवालिकाहरुलाई पढाउने काम गरिएको सो विद्यालयकी शिक्षिका बालकुमार थापाले जानकारी दिइन् ।
उनले भनिन्– चिसो वढेकाले साना कलिला वालवालिकाहरु भवनभित्र पस्नै मान्दैनन् । त्यसैले उनीहरुलाई बाहिर घाममा राखेर पढाउने गरेका छौं । छोटा दिनभएकाले घाम डुव्दै जाँदा चिसो वढ्दै जाने भएकाले विद्यालय समयसम्म पढाउन समस्या भएको छ । दिउँसो चिसो वढेपछि हामीले विद्यालय समय भन्दा अगाढी नै विद्यालय वन्द गर्ने गरेका छौं शिक्षिका थापाले भनिन् ।
अत्याधिक मात्रामा चिसो वढेकाले चिसोवाट जोगिन चिकित्सकहरुले सुझाव दिएका छन् । चिसोका कारण टन्सिल हुने, हृदयघात हुने, स्वास्थप्रश्वासमा समस्या हुने, टाउँको दुख्ने, निमोनिया हुने, आँखावाट आँशु बग्ने जस्ता धेरै समस्याहुने भएकाले चिसोको समयमा घरबाहिर हिडडुल नगर्न चिकित्सकहरुले सल्लाह दिएका छन् । यदी घरवाहिर निस्कनै पर्ने भएमा तातो न्यानो कपडा लगाएर मात्रै वाहिर निस्कदा राम्रो हुने तामाकोशी अस्पतालका डा.केशब धामीले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...