काठमाडौँ । शस्त्र प्रहरीका असई अस्पतालको ल्यापटप चोरीको आरोपमा पक्राउ परेका छन् । धनगढीको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई रमेश भण्डारी प्रक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार धनगढी उपमहानगरपालिका–३ घर भएका असई रमेश भण्डारीलाई अस्पतालको ल्यापटप चोरेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेका भण्डारीविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । दार्चुलामा कार्यरत भण्डारीले तालिमको लागि आएका बेला अस्पतालको ल्यापटप चोरेको आरोप लागेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...