ओखलढुंगाको मानेभन्ज्याङ–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। शहिद स्मृति विद्यालयमा रहेको उक्त केन्द्रमा हालसम्म कुनै पनि मतदाता मतदानका लागि नआएको मतदान अधिकृत परवासी राईले जानकारी दिएकी छन्।
हर्कपुरमा प्रादेशिक अस्पताल स्थापना गर्ने कार्य अघि नबढाएको भन्दै स्थानीयले आमभेला गरेर मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेका हुन्। यस केन्द्रमा ७०१ मतदाता रहेका छन्।









