रामेछाप । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले आउँदो असार १ गतेदेखी भदौ मसान्तसम्म सडक खन्न स्वीकृती नदिने भएको छ ।
वर्षायाममा सडक खन्डा बढी मात्रामा पहिरो गई धनजनको क्षती हुने भन्दै सडक विभागले उक्त कार्यमा रोक लगाएको हो । वर्षायाममा धारा, ढल, बिजुली तथा टेलिफोन जस्ता प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मल गरी यथास्थितीमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकाले असार १ गतेखी भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो ।
यदी सडक विभागको सूचनालाई अटेर गरी जर्वजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि सूचनामा उल्लेख गरेको छ ।